logo
  • मंगलबार, असोज १३ २०८३

लिम्पियाधुरा,लिपुलेक र कालापानी समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क,काठमाडौं जेठ ७ ।

सरकारले आज लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक गरेको छ । गत सोमबार मन्त्रिपरिषदको बैठकबाट पारित भएको उक्त अद्यावधिक नक्सा मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीले प्रमाणीकरण गरेका थिए ।नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले  सार्वजनिक गरेकी हुन। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि माथि कसैले हस्तक्षेप गर्न नपाउने र भारतसँग कूटनीतिक तबरबाट छलफलबाट भूमि फिर्ता गर्ने बताएका थिए ।  भारतले आफ्नाे राजनीतिक नक्सामा नेपालका ति भूभागहरू समेटिसकेकाे छ । भारतियहरूले नेपालले नक्सा स्वीकृत गरिसकेपछि यसकाे चाैतर्फी विराेध गरिरहेका छन् ।  नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले यो सुनौलो अवसर पाएको पनि बताइन् । यसले नेपालको मान चित्र विश्वमा उँचो भएको बताइन् ।

नेपाल निर्माणको २५० वर्षमा धेरै अबरोह झेलेकाे बताउँदै उनले जस्ताेसुकै अवराेध भए पनि नझुक्ने बताइन् । सिमाना स्पष्ट देखिने नक्सा सार्वजनिक गरेकाे उनकाे भनाइ छ ।  भारतसँग वार्ता र कूटनीतिक वार्ता गरिने उनले बताइन् । उनले भारतले पनि यसलाइ स्वीकार्ने विश्वास गरिन । अन्तर्राष्ट्रिय मापदण्ड र कानुनबमाेजिम नयाँ नक्सा बनेकाे दाबी गरिन्। अब सबै ठाउँमा नयाँ नक्सा प्रयाे गर्न उनले निर्देशन पनि दिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend