साझा नेटवर्क
अनिल खत्री, गुल्मी जेष्ठ ५ ।
गुल्मीको मदाने गाँउपालिका एक अग्लुङ्गले आफ्नो गाँउपालिकाका १ ब्यक्तिमा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भए संगै गुल्मीको मदाने गाँउपालिका वडा नं.१ लाई अनिश्चित काल सम्मका लागि शिल गर्ने निर्णय गरेको छ ।
हिजो सोमवार मदाने गाँउपालिका वडा नं.६ का ४१ वर्षिय पुरुषमा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भए लगत्तै मदाने गाउँ कार्यपालीकाको कार्यालयले गाँउपालिका शिल गर्ने निर्णय गरेकोले र सोहि अनुसार वडा नं.१ अग्लुङ्गले पनि अर्को सूचना नआउँदा सम्म गाँउपालिकाबाट प्रवेश गर्ने नाका तथा छिमेकी जिल्ला प्यूठानबाट गुल्मी प्रवेश गर्ने मुख्य नाका अग्लुङ्ग फेदीमा रहेको फलाटे, बथान विसौना संगै अन्य नाकाहरु पुर्णरुपमा शिल गर्ने भएको हो।
यस संगै अत्ति आवश्यक काम नपर्दा सम्म घरबाट बाहिर ननिस्कने, कोरोना भाईरस (कोभिड १९) को बारेमा बृहत रुपमा सुचना प्रबाह गर्ने, मदिरा बेचबिखन तथा सेबन मा पूर्णरुपमा बन्द गरिएको यदि बजार अनुगम गर्दा बेचविखन र सेवन गरेको पाईएमा गाँउपालिका तथा वडा पालिकाको निर्णय अनुसार कडा कार्बाहि गरिने र अहिले सम्म सञ्चालनमा आएका विकास निर्माण तथा योजनाका कामहरु पनि अर्को सुचना नआउँदा सम्मको लागि पूर्णरुपमा बन्द गर्ने त्यस संगै तोकिएका सम्पूर्ण नाकाहरुमा स्वयंमसेवक खटाउने र यदि यो कार्य गर्दा पनि लुकिछिपी गाँउपालिका तथा अग्लुङ्ग प्रवेश गर्ने ब्यक्तिलाई अनिवार्य रुपमा अग्लुङ्ग क्वारेन्टाईनमा राखिने भएको छ।
हाल सञ्चालनमा आएको अग्लुङ्ग क्वारेन्टाईनको आवश्यकता हेरी ब्यबस्थित तथा विस्तार गरिने र प्रत्येक टोलमा कोरोना भाईरस (कोभिड १९) को सूचना प्रबाह समिती गठन गरि खटाईएको हो। यस कार्यमा अग्लुङ्ग वडा अध्यक्ष प्रेम चन्द बोहोराको संम्योजकत्व रहेको थियो भने अग्लुङ्ग वुटबल समन्वयन समितिको सहकार्य रहने भएको मदाने गाँउपालिका वडा नं.१ (कोभिड १९) का सुचना प्रबाह टोल संम्योजक गुमान सिंह चन्दले जानकारी दिनु भएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend