साझा नेटवर्क
-युवराज राना ।
जब नेपालमा महासङ्कट आउछ तब भारतले नेपाल माथी सीमा अतिक्रमण गर्छ । यो चाहे भुकम्प महासङ्कटमा होस या अहिलेको कोरोना महासङ्कटको बेलामा । कहिले नाकाबन्दी गरेर त कहिले सीमा अतित्रमण गरेर भारतले बारम्बार नेपाल माथी आक्रमण गरि रहेको छ ।

भारतमुखी हाम्रा नेताहरुको कारण पनि हुन सक्छ सत्ता र कुर्सी जोगाउनु भारतको शरणमा पर्ने हाम्रा नेताहरुको प्रवृत्ति नै बनेको छ । व्यक्तिगत स्वार्थको राजनीति गर्ने हाम्रा नेताहरुलाई सत्ता कुर्सी र अयस आराम भए देशै लिलामी गर्नु पछी नपर्लान भन्नु सकिन्न आउनु होस भारतिय बिस्तारवाद र हाम्रो नेताहरुको लम्पसारवाद को खुलेर विरोध गरौं ।
अब देशको अस्तित्व जोगाउने जिम्मेवारी हामी देशभक्त नागरिकहरुको हो आउनु होस देशको अस्तित्व जोगाउनु एकसाथ हातेमालो गरौं हाम्रो सरकार र नेताहरु सीमा अतिक्रमण जस्तो कुरामा भारतलाई हटाउनु अडिग भएर लाग्दैनन भने हामी हातेमालो गरेर कडाईका साथ सरकार र नेताहरु माथी दबाब दिउँ देशको अस्तित्व जोगाउनु हदै सम्मको हाम्रो साथ सहयोग र त्याग हुने छ ।
सरकार यस विषयमा चुप लागेर नबसोस म राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) उपाध्यक्ष र हाम्रो विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन भारतीय सीमा अतिक्रमण विस्तारवादको घोर भत्सना गर्दछौं । जस्तोसुकै परिस्थिति आई परेपनि हामी हाम्रो देशको अस्तित्व जोगाउनु त्याग बलिदान गर्न पछी हट्ने छैनौं । सारा नेपाली दाजुभाई तथा दिदी बहिनिहरुमा यही अपील गर्न चाहान्छु । जय राष्ट्रवाद !
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend