logo
  • मंगलबार, असोज १३ २०८३

लकडाउनको समयमा पास विना सञ्चालन गर्न पाउने सवारीसाधनहरु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क,काठमाडौं वैशाख ४ ।

सरकारले आज लकडाउन १५ दिनका लागि थपेको छ । मन्त्रिपरिषदको बैठकले लकडाउन थपेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्रीको कार्यभार समेत सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । लकडाउनको बखत अत्यावश्यक सेवाबाहेकमा पास आवश्यक पर्ने भएको छ । खतिवडाले अत्यावश्यक सेवा भने सञ्चालन गर्न दिइने बताए । त्यसरी पास विना रोकथामको उपायसहित कृषि, खाद्यान्न ढुवानी, निर्माण सेवा सञ्चालन गर्न दिइने पुरानै मोडालिटी कायम रहेको बताए । नयाँ मोडालिटीका बारे छलफल भइरहेको र सुरक्षित तरिकाले श्रम गर्न दिने तयारी भएको खुलासा गरे ।

पास विना सञ्चालन गर्न पाउने सवारी साधन

-एम्बुलेन्स, शवबाहन र दमकल
-यसैगरी झण्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्थाहरु प्रेस काउन्सिलबाट जारी भएको -प्रेस पास प्राप्त सञ्चारकर्मीहरु
-स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिस्ट प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु, -औषधी उत्पादन ढुवानी र विक्री वितरणमा संलग्न हुने जनशक्तिहरु
-खानेपानीको मर्मत सम्भार र वितरणमा संलगन जनशक्ति
-फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति
-ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति
-अत्यावश्यक वस्तु तथा ढुवानी गर्ने मालबाहक सवारी साधनहरु
-यी क्षेत्रका सवारी चलाउनेले अनिवार्य आफ्नो कर्मचारी परिचय पत्र साथमा लिएको हुनुपर्नेछ
-यसबाहेक कोरोना भाइरसको रोकथामका लागि ध्यान दिई निर्माण कार्य गर्न र निर्माण सामाग्री ढुवानी गर्न दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend