साझा नेटवर्क
सबिन बस्नेत,गुल्मी जेष्ठ ४ ।
रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुषालले बिपदको बेलामा पार्टी ,समूह नभनी सबै मिलेर काम गर्नुपर्ने बताएका छन । उनले भने- ‘यो बेला जनप्रतिनिधिले भोटको राजनिती नगरी वास्तविक पिडितलाइ राहत उपलब्ध गराउनुपर्छ ।
आज नेपाल कम्युनिस्ट पार्टी , नगर कमिटी गुल्मीले रेसुङ्गा नगरपालिकाको बिपद कोष २०७७ मा रु एक लाख आर्थिक सहयोग गरेको छ । कोरोनाको जोखिम बढ्दै गएपछी नगरपालिकाद्वारा क्वारेन्टाइनको ब्यबस्थापन तथा लक डाउनबाट प्रभाबित ज्याला मजदुरी गर्ने नगरबासिहरुलाइ राहत बितरण र अन्य जोखिम न्यूनीकरणको लागि राष्ट्रिय बाणिज्य बैंक गुल्मी शाखामा हालै ३०१०३०५०४९४०२को खाता खोलिएको छ।’रेसुङ्गा नगरपालिकाले दोस्रो चरणको राहत अहिलेसम्म तेह्रवटा वडामा उपलब्ध गराएको भएपनि वडा नम्वर बाह्रमा जिल्ला सिलका कारण ढिलाइ हुन पुगेको जानकारी दिएको छ ।
रेसुङ्गा नगरपालिकाको बिपद ब्यबस्थापन कोषमा अहिलेसम्म सत्सठ्ठी लाख सत्तरी हजार जम्मा भएकोमा राहत तथा क्वारेन्टाइन ब्यबस्थापनमा सत्चालीस लाख पन्चासी हजार खर्च भएको जानकारी प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले दिएका छन ।पहिला भन्दा बढी मन फुकाएर राहत बितरण गरेको उल्लेख गर्दै मरासिनीले ‘अब राहत बितरण भन्दा नि बिपन्नलाइ काम दिने सोच नगरले बनाएको छ ।’नगरले वडा तहमा राहत खोज्नेको सुची बनाउने र बिकास निर्माणमा लगाइ ज्याला दिनेछ ‘उनले थपे ।
आज नगर कमिटीको तर्फबाट अध्यक्ष हरि पोख्रेल,सचिव धर्म बिश्वकर्मा र सदस्य शालिक बस्नेतद्वारा संयुक्त रुपमा नगरप्रमुख भुषाललाइ सहयोग रकम हस्तान्तरण गरिएको छ ।सहयोग रकम उपलब्ध गराउदै अध्यक्ष हरि पोख्रेलले यस्तो बिपदमा पार्टीको तर्फबाट थोरै भएपनी सहयोग गर्न पाएकोमा आफुलाइ गर्व लागेको तथा अरुको निम्ति पनि यो उदाहरण हुने दाबी गरे ।यस अघि नगर बिपद कोषमा भुषाल ट्रेडिङ्ग र गुल्मी उधोग बाणिज्य संघले एक लाख माथी सहयोग गरिसकेका छन ।
कोरोना संकटलाइ पार लगाउने रणनीति तय गर्छौ- मरासिनी
रेसुुङ्गा नगरपालिकालेे यहि असारभित्र नयाँ बजेट तर्जुमा गर्दैछ ।नयां बजेटमा कोराना लगायत त्यसपछी उत्पन्न हुने अन्य जोखिम न्यूनीकरण गर्न पुर्बाधारमा भन्दा मानव बिकाससंग जोडिएका क्षेत्रमा बढी खर्च गर्नुपर्ने भएको छ ।सो सन्दर्भमा प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले नगरले रोग र भोक उन्मुलन हुने गरि कार्यक्रम कार्यपालिका मार्फत अघि सार्ने बताए ।उनले भने – मानवसंग प्रत्यक्ष जोडिएका क्षेत्र शैक्षिक स्तर र स्वास्थ्य सुधार,रोजगारी सृजना,सुशासन,कृषिमा लगानी ,नयां प्रबिधिको प्रयोग र ठुला स्तरका भौतिक पुर्बाधारमा लगानी गर्ने गरि प्रार्थमिकता निर्धारण गरि काम गर्ने छौ ।
न्युनतम रुपमा वडा तहमा सुगर लगायतका रोगको परिक्षण र आकस्मिक रुपमा अक्सिजनको प्रयोग गर्न सकिने गरि ब्यबस्थापन गरियो भने कोरोना जस्ता रोगसंग अभ्यस्त भै काम गर्न सकिने बाताबरण तयार हुने उनको दाबी रहेको छ ।’कोरोनाको लक्षण र उपचार एकिन नभएको स्थितिमा लक डाउन भन्दा नि केही समयपछि यसैसंग अभ्यस्त भै काम गर्नुपर्ने हुनेछ ,उनले थपे – कार्यपालिकाले यी मुद्दामा केन्द्रित भएर साझा रुपमा कार्यक्रम हरु पारित गर्नेछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend