logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कतार, जेठ ३ ।
कतारमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३० हजार नाघी सकेको छ । सनिवार मात्रै १५४७ जनामा कोरोना संक्रमण देखिए सगै संक्रमितहरुको संख्या ३०,९७२ पुगेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार ४ हजार ५ सय ३१ जनामा कोरोना परिक्षण गर्दा १ हजार ५ सय ४७ जनामा कोरोना सङ्क्रमण फेला परेको हो । कूल सङ्क्रमित मध्ये हाल २७ हजार १ सय ६९ जना उपचारका क्रममा छन् ।

त्यस्तै कोरोना संक्रमणका कारण सनिवार एकजनाको मृत्यु भएको छ । यो संगै भाइरसका कारण कतारमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । स्वाथ्य मन्त्रालयका अनुसार सनिवार मृत्यु हुने ७४ वर्षिय स्थानीय ब्यक्ति रहेका छन ।

नयाँ २ सय ४२ जना सहित स्वास्थ्य लाभ गर्नेको सङ्ख्या ३ हजार ७ सय ८८ पुगेको छ । कतारमा अहिलेसम्म जम्मा १ लाख ५२ हजार ७ सय ४ जनामा कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend