logo
  • मंगलबार, असोज १३ २०८३

कोरोनाका कारण मृत्यु भएकी महिलाले महिना नपुग्दै जन्माएकी थिइन् बच्चा


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

काठमाडौं, जेठ ३ ।
कोरोना संक्रमणबाट पहिलो पटक मृत्यु भएकी महिलाको एकमहिना अघि नै नर्मल डेलीभरी भएको परिवारका सदस्यले जनाएका छन् । चिकित्सकले जेठको अन्तिम साता ‘डेलीभरि डेट’ दिएपनि व्यथाले च्यापेपछि अस्पताल लगिएको थियो । अस्पताल पुगेको भोलीपल्ट सामान्य व्यथा लागेर उनले बच्चा जन्माएको उनका आफन्तले जानकारी दिए ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्लाको राम्चे गाउँपालिका वडा नं ९ की ३० वर्षीय सुत्केरी महिला रहेको बताइएको छ । ११ दिन अघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुत्केरी भै घर फर्किएकी सुत्केरी महिलाको अवस्था जटिल भएपछि उनलाई थप उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार गत महिनाको २३ गते उनलाई सुत्केरी बेथा लागेपछि उनलाई त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल लगिएको र वैशाख २४ गते उनको नर्मल डेलिभरि भएको थियो । नर्मल डेलिभरी पश्चात २५ गते डिस्चार्ज गरिएको थियो । सुत्केरी महिलाको मृत्यु भएपनि बच्चाको स्वास्थ्य भने स्वस्थ रहेको मृतकका परिवारका सदस्यले बताएका छन् ।

मृतकका श्रीमान, आमा, भाई र बैनी र बच्चाको परिक्षणका लागि स्वाब संकलन भइसकेको र आफन्त सबैलाई धुलिखेल अस्पतालको आईसुलेसनमा राखिएको छ । सुत्केरी महिलाको मृत्यु भएपछि धुलिखेल अस्पताल आज बिहान देखिनै सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend