logo
  • मंगलबार, असोज १३ २०८३

कोरोना कै कारण महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि, संक्रमित संख्या २८१ पुग्यो


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

काठमाण्डौ, जेठ ३ ।
काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको मृत्यु कोरोना कै कारण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । अहिले साँझ ८ः५० बजेको अपडेटमा मन्त्रालयले पहिलो पटक नेपालमा कोरोना भाईरस कोभिड १९ को कारण मृत्यु हुन पुगेको पृष्टि गरेको हो ।

साथै मन्त्रालयले फेरी २ जना कोरोना संक्रमित थपिएको पनि जनाएको छ । धनुषाका २० र ६५ वर्षका २ पुरुष थप संक्रमित भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या २८१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend