साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी जेठ ३ ।
जिल्लाको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङमा भएको जातिय छुवाछुतको घटनाका बिषयमा दलित संगठन एकजुट भएका छन् । गत बैशाख २२ गते श्याम बहादुर परियार स्थानीय नेत्र काउचाको घरमा पसेको भन्दै १५ सय जरिवाना गरिएको थियो । मगरको घरमा दलित पसेपछि पवित्र बनाउन पुजापाठ गराउन जरिवाना गर्ने, कुटपीटको प्रयास गर्ने कार्य जातीय भेदभाव तथा छुवाछुत कसुर ऐन विपरित र गम्भीर मानव अधिकार उल्ङघनको घटना भएकाले दलित संघ–संगठनले दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
शनिबार दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्मा, नेपाल दलित मुक्ति संगठनका इन्चार्ज (नेकपा) का कृष्ण सुनार, दलित विभाग प्रमुख (नेपाली कांग्रेस) का झविन्द्र विश्वकर्मा, नेपाल दलित संघका अध्यक्ष लुम बहादुर सुनार र दलित महिला संघकी कमला बरालद्धारा जारी बिज्ञप्तीमा यो कार्य संविधान र छुवाछुत मुक्त राष्ट्र घोषणाको बिरुद्धमा भएकाले यथाशिघ्र नेत्र काउचा र जरिवाना गराउन सहयोग गर्ने सवैलाई जातीय भेदभाव तथा छुवाछुत कसुर ऐन ०६८ अनुसार कारबाहीको माग गरिएको छ । दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्माले पहिले पनि त्यो क्षेत्रमा जातिय छुवाछुतका घटना भइरहेकाले यो घटना गाउँकै गुपचुप मिलाउने प्रयास भए आन्दोलन गर्ने बताए । ‘यो एक व्यक्ति र परिवारको मात्रै समस्या रहेन,’उनले भने,‘सवै दलित समुदाय लज्जित बनेकाले कडा कारबाही हुनुपर्छ । साथै दलित विभाग प्रमुख (नेपाली कांग्रेस) का झविन्द्र विश्वकर्माले पीडित श्याम परिवारकी आमा कौशिला परियार कालिगण्डकी गाउँपालिकाको कार्यपालिका सदस्य भएकाले उनै माथिको दमन ज्यादै निन्दनीय भएको प्रतिक्रिया दिए ।
शुक्रबार यो बिषयमा मानव अधिकारवादी संस्था इन्सेक जिल्ला प्रतिनिधी टोपलाल अर्याल, मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियानका संयोजक पदम पाण्डेय, दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्माले प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माको ध्यानाकर्षण गराएका थिए ।
बिज्ञप्ती-
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend