logo
  • मंगलबार, असोज १३ २०८३

२८ वर्षको उमेरमै एक हात र एक खुट्टा गुमाएका पाण्डे


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

गुल्मी, जेठ ३ ।
गुल्मीको अश्लेवाका यादव पाणडे दाजु १६ वर्षको उमेरमा परिवारलाई खुसी राख्छु भन्दै भारत जानुभयो । केहि समय उतै बसि २ ४ पटक घर आउने जाने गर्नुभयो र २६ वर्षको उमेरमा घर आएर बिहे गर्नुभयो । बिहे गरेको १ वर्षपछि आफ्नो बुबा आमा श्रीमति सबैलाई खुसि राख्ने सपना बुनेर भारतको पुना जादा रेल दुर्घटनामा पर्नुभयो कसरी परे भन्ने पनि थाहा छैन उहाँ व्युझिदा हस्पिटलमा हुनुहुन्थ्यो र एउटा हात र खुट्टा थिएन ।

त्यसपछि हस्पिटलबाट डिस्चार्ज भैइसकेपछी उहाँ एउटा आश्रमा गएर बस्नुभयो घर परिवार सङ्ग २ -३ वर्ष सम्म सम्पर्क बिहिन हुनुभयो । यसरी समय बित्दै गयो केही र एकदिन गाउकै उहालाई चिनेको मान्छेले देखेर यादव दाईलो भाईलाई खवर पुर्याईदिनुभयो र भाई गएर यादव दाईलाई घर ल्याउनुभयो । दाईको अहिले घरमै दुखी जीवन बिताईरहनुभएको छ ।

बिहान बेलुका के खाउ के लाउ भन्ने छ दाइको दुईवटा छोरी पनि छ्न ।उनिहरुलाई पढाउने दाइलाई खुवाउने दिशा पिसाब गराउने उहाँको श्रीमति हुनुहुन्छ यादव दाइ भन्नुहुन्छ मेरो श्रीमति भगवान हो मेरो लागि उस्तै भएको भए कस्ले यस्तो सहेर बस्छ र । एउटा खरले छाएको सानो झुपडी छ त्यसमा दाईको ३ भाईको परिवार पनि छ । पानी आउदा ओत्ने छानो पनि छैन ।

दाईको अन्तिम ईच्छा छ, सबैको सहयोग पाए एउटा २ कोठे भएपनि घर बनाएर परिवार सङ्ग खुसी भएर बाच्ने । दाईको एउटा बोलिले सबैको मन छोएको छ । कि त २ टै हात नभएको भए हुन्थ्यो कि २ टै खुट्टा नभएको भए हुन्थ्यो मागेर त खान्थे ।

https://youtu.be/5UVUdxYWpsc

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend