logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मी जिल्ला प्रबेश गर्ने नाकामा उच्च निगरानी


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री
१ जेठ, गुल्मी । गुल्मी जिल्ला ५ दिनलाई सिल गरेसँगै जिल्ला प्रबेश गर्ने नाकामा सुरक्षा कर्मीले उच्च निगरानी बढाइएको छ । कोरोना भाइरस कोभिड–१९ का बिरामीहरु बढेसँगै जिल्लालाई ५ दिनसम्म सिल गरिएको छ । यस्तो अबस्थामा पैदल यात्रा गरेर पनि जिल्ला प्रबेश गर्न नपाइने भएकाले जिल्ला प्रबेश गर्ने मुख्य नाकाहरुमा सुरक्षाकर्मीले उच्च निगरानी बढाएका छन् ।


पाल्पाबाट प्रबेश गर्ने जिल्लाको रिडी, अर्घाखाँचीबाट प्रबेश गर्ने नाका रेसुङ्गा नगरपालिकाको नेटा, प्युठानबाट प्रबेश गर्ने नाका मदाने गाउँपालिका फुर्कोट, बाग्लुङबाट प्रबेश गर्ने मालिका गाउँपालिकाको अर्खाबाङ्ग, मुसिकोट नगरपालिकाको वामीटक्सार, चन्द्रकोट, कालिगण्डकी गाउँपालिकाहरुमा उच्च निगरानी बढाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एबम् सूचना अधिकारी लक्ष्मण पाण्डेले बताए ।

आइतबारबाट बैंक तथा बित्तिय संस्था खोल्ने निर्णयले खुकुलो बनेको लक डाउन पुनः कडाई भएको छ । लक डाउन खुकुलो बनेको बेला कोरोना भाइरस कोभिड–१९ का बिरामीहरु बढेसँगै एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने सरकारको निर्णयले लक डाउन एकदमै कडाई गरिएको छ ।
गुल्मी जिल्ला आजबाट ५ दिन सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाका सवै नाका सिल गर्ने निर्णय गरेको हो । सिल गरेसँगै जिल्ला ठप्प बनेको छ ।
जिल्ला कोभिड–१९ संकट व्यास्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले जेठ १ गतेदेखि ५ गतेसम्म जिल्लाका सवै नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३), संक्रामक रोग ऐन २०२० को दफा २(२) तथा नेपाल सरकार मन्त्री परिषदको बैशाख २४ गते बसेको बैठकको निर्णय नं ६ बमोजिम नाका बन्द गर्ने निर्णय गरिएको हो । प्रदेश ५ का छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण दैनिक बढ्दै गएकाले अहिलेलाई ५ दिन मानिसहरुको आवतजावज पूर्ण रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

एम्बुलेन्स, शव बहान, मृत्यु सस्कार, बिद्युत, संचार, खानेपानी, औषधी र इन्धन बाहेक अन्य सवै प्रकारका सवारी साधनहरुको आवागमन बन्द गर्ने निर्णय भएको बताउनु भयो । त्यस्तै सर्वसाधरण नागरिक बिरामी भएको अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कने, सहकारी तथा बित्तिय संस्था पूर्ण रुपमा बन्द गर्ने अत्यावश्यक दैनिक उपभोग्य वस्तु जस्तै इन्धन, दाल, चामल, तेल, नुन, दुधडेरी, तरकारी तथा फलफुल पसलहरुमा अनिवार्य हात धुने व्यावस्था गर्ने र बिहान ११ बजेदेखि १ बजेसम्म मात्र बिक्री वितरण गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend