साझा नेटवर्क
काठमान्डौ ।
नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । मंगलबार थप २६ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप २६ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै २१७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। मंगलबार एकैदिन नेपालमा ८३ जनामा कोभिड-१९ पुष्टि भएको छ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक थप २६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो । मंगलबार नै मन्त्रालयले ५७ जना कोरोना संक्रमित भएको जानकारी दिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend