logo
  • शुक्रबार, असोज ९ २०८३

नेकपाले बोलायो स्थायी कमिटी वैठक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले बुधबारका लागि स्थायी कमिटी वैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको हो ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि नेकपामा विवाद बढेको थियो । २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई लिखित पत्र लेखेर बैठक माग गरेका थिए । सचिवालयमा सहमति बनेसँगै २५ गतेका लागि स्थायी कमिटी बैठक बोलाइएको पनि थियो ।

तर नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच असमझदारी बढेपछि अन्तिम समयमा आएर बैठक स्थगित भएको थियो ।
(स्राेतः राजधानी दैनिक)

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend