साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं बैशाख ३०।
नेपालमा एकै दिन ५७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका सबैजना संक्रमित पुरुष छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तु जिल्लामा ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जना थपिएका हुन् ।
स्वास्थमन्त्रालयका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मीकाे निगरानीमा छन् । यसअघि सोमबार रुपन्देही, कपिलवस्तु, बर्दिया र सप्तरीमा २४ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए । नेपालमा भेटिएकामध्ये हालसम्म ३० जनाभन्दा धेरै निको भएर घर फर्किएका छन्। नेपालमा अहिलेसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend