logo
  • मंगलबार, असोज १३ २०८३

तिलोत्तमाले मंगलबारदेखि लागू हुनेगरी लकडाउन कार्यान्वयनका सन्दर्भमा गर्यो महत्वपूर्ण निर्णय


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क,बुटवल वैशाख २९ ।

तिलोत्तमा । मुलुकमा कोरोना संक्रमण बढिरहँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लकडाउनलाई व्यवस्थित बनाउन विभिन्न निर्णय गरेको छ । नगरपालिकाको संकट व्यवस्थापन केन्द्र (सिएमसी) को बैठकले भोली मंगलबारदेखि लागू हुनेगरी लकडाउन कार्यान्वयनका सन्दर्भमा विभिन्न निर्णय गरेको हो ।

जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षाकर्मी, सञ्चारकर्मी, संघ-संस्थाका प्रतिनिधिहरु सम्मिलित बैठकले सामाजिक दुरी कायम गरी खाद्यान्न, तरकारी, मलखाद, बीउबिजन, पशुपंक्षीको दाना, एग्रोभेट, पुस्तक/स्टेशनरी तथा मासु पसलहरु हरेक दिन बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र खोल्ने निर्णय गरेको हो । यस्तै दुध तथा दुग्धजन्य पदार्थ बिक्री वितरण गर्ने पसल तथा डेरीहरु बिहान ६ देखि ८ र दिउँसो ३ देखि ५ बजेसम्म मात्र खोल्ने, बैंक तथा वित्तीय संस्था, सहकारीहरु बिहान १० देखि १ बजेसम्म खोल्न सकिने निर्णय समितिले गरेको छ । गैरखाद्य सामाग्री बिक्री गर्ने सबै प्रकारका पसलहरु पूर्णतः बन्द गर्ने, विद्यालय, कलेज, ट्युसन, कोचिङ तथा भाषा कक्षाहरु सञ्चालन नगर्ने निर्णय समितिको बैठकले गरेको छ ।

अत्यावश्यक सेवा र सरकारी काममा हिँडेका कर्मचारीले प्रयोग गरेका सवारीसाधन बाहेक सम्बन्धित निकायबाट पास नलिएका कुनै पनि सवारीसाधनहरु चलाउन नपाइने निर्णय समेत भएको बैठकपछि जारी सूचनामा उल्लेख छ । होटल, रेष्टुरेन्ट, चिया-नास्ता पसल, पार्टी प्यालेस, सैलुन, ब्युटीपार्लर, पिकनिकस्पर्ट, उद्यान, पार्क तथा हाटबजार सञ्चालन नहुने भएका छन् । मठ-मन्दिर, गुम्बा, मस्जिद लगायतका धार्मिक स्थलहरुमा कुनै किसिमका भजनर्कितन तथा सामूहिक पूजापाठ, प्रार्थना, मेला–महोत्सव नगर्ने/नगराउने, कुनैपनि खेलकुद कार्यक्रम, फिटनेस क्लबहरु, स्वीमिङ पुल, जिम क्लब सञ्चालन नगर्ने निर्णय पनि भएको छ ।

विवाह, व्रतबन्ध, पूजा, भोजभतेर जस्ता कार्यक्रममा तोकिए भन्दा बढि व्यक्तिहरु जमघट नगर्ने÷नगराउने, मर्निङ तथा इभिनिङ वाक्को नाममा व्यक्तिको हिँडडुल तथा जमघट नगर्ने पनि जारी सूचनामा उल्लेख छ । सूचनाअनुसार नेपाल सरकारले तोकेबमोजिमका उद्योग, धन्दा, कलकारखाना, निर्माण कार्य गर्दा न्यूनतम संख्यामा कामदारहरु व्यवस्थापन गर्ने र कामदारहरुको सुरक्षाको व्यवस्थापन सम्बन्धित पक्षले गराउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend