साझा नेटवर्क
भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाली जनसम्पर्क समिति कतारले विरोध जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई कहिले हित नहुने बताउदै प्रेस वक्तव्य जारी गरेको छ । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो ।
समितिका महामन्त्री अजिज अलि द्वारा हस्ताक्षरित विज्ञप्ति भनिएको छ, लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू-भाग नेपालका हुन । नेपालका यी भू-भागहरु प्रति नेपाली कांग्रेसले विपी कोइराला देखि बर्तमान नेतृत्व सम्म स्पष्ट अबधारणा राख्दै आएको कुरा जगजाहेरनै छ । बर्तमान सरकारको पालामा भारतीय हेपाहा प्रवृतिले बिगतमा भन्दा डरलाग्दो रुप लिएको तथ्य सार्बजानिक भैरहेको अवस्थामा सरकारका जिम्मेवारहरु बाट गैरजिम्मेवार प्रतिक्रिया आउनु ।
नक्सा सार्बजानिक संगै सिमा अतिक्रमणहरु भएका बारे जानकारी नभएको भनेर बोल्नु मिडियाहरु मार्फत चर्को दबाबहरु आएपछि बिज्ञप्ति निकालेर झारा टार्ने काम मात्र हुनु अत्यन्तै निन्दनीय बिषय हो । यस्ता गम्भीर बिषयहरुलाई पनि हल्का रुपमा लिदा सरकारको नियत प्रति संखा गर्नु पर्ने ठाउ देखिन्छ ।
यो नेपाल सरकार र सरकार नेतृत्व पार्टीको मात्र सरोकारको बिषय होइन सिंगो देशकै राष्ट्रियता प्रतिको प्रहार र चिन्ताको बिषय हो । त्यसैले नेपाल सरकारले सम्पूर्ण राजनैतिक पार्टीहरु संग समन्वय गरि कुटनैतिक ढंगबाट राष्ट्रिय धारणा बनाएर पहली कदम चालोस भन्ने नेपाल सरकार संग नेपाली जनसम्पर्क समिति कतारको जोडदार माग रहेको छ ।
नेपाली कांग्रेस पार्टीको तर्फबाट नेपाल सरकारले चाल्ने कदम प्रति सहयोग साथ् रहेको प्रतिबद्दता आइसकेको सन्दर्भमा पार्टीको धारणा प्रति एकेबद्दता सहित सरकारले ढिलो नगरी अतिक्रमण भएका सबै हाम्रा भू-भाग फिर्ता गर्न पहल गर्न अपिल गर्दछौ । जय नेपाल ।
मोहम्मद अजिज अलि
महामन्त्री
नेपाली जनसम्पर्क समिति कतार


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend