साझा नेटवर्क
बैशाख २८, २०७७ आइतबार
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिकाकाे एक पशुपालन फर्ममा चट्याङ परेर आगलागी हुँदा १५ लाख भन्दा बढीको क्षति भएको छ । बिहान ४ बजेतिर परेको चट्यांङले सन्धिखर्क नगरपालिका १० अर्घाको बेल्टारीमा रहेको त्रिकन्या गौरी कृषि तथा पशुपंक्षी पालन फर्ममा आगलागी भएको फर्मका सञ्चालक बाबुराम पाण्डेले बताए । आगलागीमा परी एक जर्सी गाई मरेको छ । ९ वटा गाई आगोले पोलेर घाइते भएको छन् । घाइतेमध्ये चार गाईको अवस्था गम्भीर र पाँच गाइको अवस्था सामान्य रहेको पशु प्राविधिक प्रदिप आचार्यले बताए ।
आगलागीमा जेनेरेटर, कुटानी पिसानी मिल, चापकटलगायतका मेसिनरी सामग्रीसहित दानाको गोदाम, गाई भैंसीलाई खुवाउने पराल, खरलगायत, फर्मका अन्य सामग्री जलेर नष्ट हुँदा १५ लाख भन्दा बढीको क्षति भएको फर्म सञ्चालक पाण्डेको भनाइ छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend