logo
  • शनिबार, भाद्र २० २०८३

काेराेना भाइरस : वुहानमा एक महिनापछि फेरि सङ्क्रमण देखियाे


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बैशाख २८, २०७७ आइतबार । एजेन्सी
काठमाण्डाै – चीनकाे वुहान शहरमा एक महिनाभन्दा लामाे समयपछि पहिलाे सङ्क्रमणकाे देखिएकाे छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सङ्क्रमण देखिएका ८९ वर्षीय बिरामीकाे अवस्था गम्भीर छ र उनमा पहिले याे राेगकाे सङ्क्रमण देखिएकाे थिएन ।

यी सङ्क्रमितकाे नजिक रहेका व्यक्तिहरुमा कडा प्रतिबन्ध लगाइएकाे बताइएकाे छ ।

चीनकाे राष्ट्रिय स्वास्थ्य आयाेगले सङ्क्रमणकाे १४ नयाँ घटना दर्ता गरेकाे छ, जसमा वुहान शहरका सङक्रमितलाई पनि राखिएकाे छ ।

चीनमा अहिलेसम्म ८२ हजार नाै सय एक जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । सङ्क्रमणकाे कारण चीनमा अहिलेसम्म चार हजार ६ सय ३३ जनाकाे ज्यान गएकाे छ ।

चीनकाे हुबेई प्रान्तकाे राजधानी वुहान शहरबाट नै काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण फैलिन सुरु भएकाे थियाे ।

सङ्क्रमण देखिएपछि वुहानमा कडारुपमा प्रतिबन्ध लगाइएकाे थियाे र वुहान स्थितिलाई नियन्त्रणमा लिन सफल भयाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend