logo
  • मंगलबार, असोज १३ २०८३

लिपुलेकमा भारतले सडक बनाउनु खेदजनक : सरकार


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

काठमाडौं, वैशाख २७
भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेकोमा नेपाल सरकारले आपत्ति जनाएको छ।

परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै महाकाली नदी पूर्वक्षेत्र नेपाली भू-भाग रहेको सुगौली सन्धीमै प्रष्ट रहेको उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ- भारत सरकारले मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेकोप्रति नेपाल सरकारको खेद छ।

भारतले गत कात्तिक १६ मा जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा पनि लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमि समावेश गरेपछि
नेपालमा विरोध भएको थियो।

सरकारले नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न पनि भारत सरकारलाई आग्रह गरेको हो।
शुक्रबार भारतीय रक्षा मन्त्रीले नेपाली भूमि हुँदै निर्माण गरिएको मानसरोवर पुग्ने सडकको उद्घाटन गरेपछि नेपालमा विरोध भइरहेको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारूढ नेकपालगायत दलले पनि भारतले नेपालको भूमिमा सडक बनाउन नपाउने भन्दै विरोध गरेका छन्।
स्राेत ः सेतोपाटी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend