साझा नेटवर्क
मधुसुधन पाण्डे,अर्घाखाँची वैशाख २७ ।
अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा न. ६ का एक वृद्ध दम्पतीले चौरासी पुजामा हुने खर्च कटौती गरी विद्यालयमा अक्षेयकोष स्थापना गरेका छन् ।
श्रीमान दिनामणी आचार्य र श्रीमती कुमारी आचार्यले खर्च कटौती गरि जीवनज्योती आधारभूत विद्यालयमा रु ५०,००० हजारको अक्षेयकोष स्थापना गरेका हुन् । देशको बर्तमान विषम परिस्थितिलाई मध्यनजर गरी आफुहरुले बिद्यालयमा अक्षयकोष स्थापना गरेको आचार्य दम्पतीले जानकारी दिएका छन् । आचार्य दम्पत्तीले सोही विद्यालयमै केही समय अगाडि पनि ५० हजारको अक्षेयकोष स्थापना गरेका थिए । छुट्टाछुट्टै अक्षयकोषको स्थापना सगै अब बिद्यालयको अक्षयकोषमा आचार्य दम्पतीको १ लाख रकम पुगेको छ ।
अक्षेयकोषको रकम विद्यालयका जेहेन्दार विद्यार्थीको लागि खर्च गर्ने बिद्यालयका प्रधानाध्यापक चिन्तामणि खनालले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend