logo
  • मंगलबार, असोज १३ २०८३

कपिलवस्तुमा आज तीन नयाँ संक्रमित भेटिए, १ शुद्धोधन र २ जना मायादेवीका रहेको पुष्टि


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

सृजना आचार्य,कपिलवस्तु बैशाख २७ ।

कपिलवस्तुमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ । दुई जना मात्रै पहिलो पटक पुष्टि भएका थिए भने अहिले पुनः तीन जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा तीन जना संक्रमित भेटिएका हुन् । संक्रमित एक जना १७ वर्षका छन भने दुई जना १८ र १८ वर्षका पुरुष रहेका छन् ।

कपिलवस्तुमा आज (शनिबार) भेटिएका तीन जना मध्ये एक जना शुद्धोधन गाउँपालिका र दुई जना मायादेवी गाउपालिकाको रहेको प्रमूख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । मायादेवी गाउँपालिकाको वडा नं. १ पकडीस्थित छत्रपाली तीर्थादेवी माविको क्वारेनटाइनमा बसेका मध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या पाँच पुगेको छ ।

यसैबिच पकडी स्थित क्वारेनटाइृनमा अहिले ६३ जनालाई राखिएको छ । उनीहरु सबैको स्वब परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये पाँच जनाको मात्रै रिर्पाेट पोजेटिभ आएको हो । अन्य सबैको रिर्पाेट भने नेगटिभ आएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्लामा विहीबार मात्र २ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend