logo
  • मंगलबार, असोज १३ २०८३

सुर्खेतको हर्रे स्थित रेडियो नेपालको टावर हावाहुरीले ढल्यो


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क,सुर्खेत बैशाख २५ ।

 वर्षासँगै आएको हावाहुरीले सुर्खेतको हर्रे स्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावर ढलेको छ । टावर रेडियो नेपालकै एफएफ रिले स्टेशनको घरको छतमा ढल्दा भौतिक क्षति पुगेपनि मानविय क्षति नभएको रेडियो नेपाल हर्रे स्थित एफएम रिले स्टेशनका प्राविधिक मोहन खत्रीले जानकारी दिए । उनले (विहीबार) विहान ६ बजेतिर हावाहुरीले रिपिटर टावर ढल्दा रेडियो नेपाल र नेपाल टेलिभिजनको एन्टिना भाँच्चिएपछि प्रसारण अवरुद्ध भएको बताए ।यता हावाहुरीले क्षतिग्रस्त टावर बनाउन केही समय लागेपनि हाललाई मिडिएम वेभ ५७६ किलो हर्ज सुर्खेतबाट प्रसारण भईरहेको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका प्रमुख जानकीशरण साहले जानकारी दिए । उनका अनुसार हावाहुरीले ढलेको टावर मर्मत गर्न केही समय लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend