साझा नेटवर्क
बाबुराम थापा,मलेसिया बैशाख २५ ।
मलेसियाले भिसासम्बन्धी लिइएको नयाँ नीतिबारे जानकारी दिँदै क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार त्यस्ता कामदारलाई सिधै टिकट काटेर आफ्नो देश जान अनुमति दिइएको छ । मलेसियाको एमओसीमा आगामी मे १२ देखि सकिँदैछ । फिर्ता हुन चाहनेले अध्यागमन विभाग कार्यालयमा थप कागजात वा पास बनाउन आवश्यक नभएको दूतावासले जनाएको छ । उनीहरुले कुनै जरिवाना भने भुक्तानी गर्नुपर्ने छैन । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले डिसेम्बर ३१ भन्दा अगाडि भिसा समाप्त भइसकेका कामदारमाथि भने कारबाही हुने बताए ।
‘यो आममाफी होइन’,उनले भने,‘जनवरी १ यताका भिसाको म्याद सकेका कामदारलाई मात्रै स्वदेश फिर्नको लागि सहजीकरण गरिदिएको हो ।’ उनका अनुसार भिसाको म्याद र करार अवधि समाप्त भएर स्वदेश फिर्न चाहनेको संख्या झण्डै ७ हजार छ । दूतावासले यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको छ । एमओसी सुरु हुनुभन्दा अगाडि वा सुरु भएपछि भिसाको म्याद समाप्त भएका कामदारको नवीकरण गर्नुपर्ने भएमा एमओसी समाप्त भएको ३० दिनभित्र आवेदन दिनुपर्ने छ ।
नेपाली राजदुतावास मलेसियाले जारि गरेको सूचना-

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend