logo
  • शनिबार, भाद्र २० २०८३

मलेसिया सरकारले भिसाको अवधि सकिएकाहरुलाई स्वदेश फर्कन १४ दिनको समय दिने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बाबुराम थापा,मलेसिया बैशाख २४ ।

मलेसियास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई अनिवार्य रुपमा आफ्नो विवरण भर्न आग्रह गरेको छ । कोरोना भाइरसको महामारी फैलिरहेको बेला त्यहाँ रहेका नेपालीहरुको वास्तविक अवस्था बुझ्न दूतावासले विवरण भर्न आग्रह गरेको हो । दूतावासको वेबसाइटमा गएर फारम भर्न सकिने जनाइएको छ ।

यस्तै मलेसिया सरकारले भिसाको अवधि सकिएकालाई स्वदेश फर्कन १४ दिनको समय दिने भएको छ । जनवरी १ देखि भिसा सकिएकालाई आउँदो मे १२ देखि २६ तारिखसम्म १४ दिनको स्वदेश फिर्तीको समय दिइएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।यसैबीच कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०६ पुगेको छ । मलेसियामा पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १०६ पुगेको हो । मलेसियामा एकैदिन थप ३० जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ३८३ पुगेको छ ।

मलेसियामा संक्रमितमध्ये ४ हजार ५६७ जना उपचारपछि निको भएका छन् । कोरोना संक्रमित १ हजार ७१० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये २४ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend