साझा नेटवर्क
साझा नेटवर्क,दाङ बैशाख २३ ।
बबई गाउँपालिकाले लकडाउनलाई अझ कडा पार्ने जनाएको छ । कोरोना संक्रमण छिमेकी जिल्लाहरुमा समेत फैलिएको भन्दै बुधबारदेखि लागु हुनेगरी आवतजावतमा पूर्ण बन्द गर्ने गाउँपालिकाले जनाएको छ ।
अर्को सूचना वा निर्णय नहुँदासम्म सम्पूर्ण सवारीसाधन ( पास भएका तथा नभएका सबै) व्यापार व्यवसाय, कलकारखाना, तथा सार्वजनिक स्थलमा हिँडडुल गर्न रोक लगाइएको गाउँपालिकाका प्रेस संयोजक बालकृष्ण पाण्डेले बताए ।
आफूहरुको आग्रह पालना गरिदिन गाउँपालिकाले सबैमा अनुरोधसमेत गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend