logo
  • मंगलबार, असोज १३ २०८३

कोरोना भाईरस नियन्त्रण विशेष अन्तरक्रिया सम्पन्न


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी वैशाख २२।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ रोकथाम तथा अन्तरक्रिया कार्यक्रम रेसुङ्गा नगरपालिका वड नं. ३ को वडा कार्यालयमा सम्पन्न भएको छ । जस अन्तरगत प्रदेशसभा सांसद खडक के.सी. तथा रेसुङ्गा नगरपालिका वडा नं.३ का वडा अध्यक्ष सदस्य लगाएत स्वास्थ्य स्वयम सेविकाहरुको उल्लेखनीय उपस्थिति सङ्गै सामाजिक दुरी कायम गरिएको थियो ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष थम्मन बहादुर केसी का अनुसार समन्वय समितिको सहकार्य बाट चार जनाको समिति तथा कर्मचारीको पहलमा उक्त कार्य सञ्चालन गरि सूचना संकलन र माक्स लगाउने कार्यको विकास भएको प्रति खुशी व्यक्त गर्नु भएको हो ।

यस महान कार्यमा सम्पूर्ण नगरबासीहरुले सहयोग गरि (कोभिड १९) रोकथाममा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै १४ वटै वडाको केन्द्र विन्दु बनाई रेसुङ्गा नगरपालीका तम्घासमा रहेको श्री महेन्द्र मा.वि. मा क्वारेन्टाईनको व्यवस्था गरिएको तथा उपल्लो तम्घासमा आईसोलेसन बेड तयारी अवस्थामा राखिएको छ ।

त्यस्तै गरि भारत लगायत तेश्रो मुलुकबाट रेसुङ्गा नगरपालिका प्रवेश गर्नु भएका ब्यक्तिहरुलाई महेद्र मा.वि.मा उहाँहरुलाई गास,बास,कपास सङ्गै इन्टरनेटको सेवासुवाधा दिई राखिएको छ । उहाँहरुको स्वास्थ्य स्थिति अहिले सम्म सामान्य अवस्थामा रहेको र अन्य व्यक्तिहरुलाई आफ्नै घरमा सुरक्षित साथ होम क्वारेन्टाईन मै बस्न आग्रह गरिएको छ । पहिलो चरणको राहत तथा खाद्यान्न सामाग्री वितरण सम्पन्न र दोश्रो चरणको राहत तथा खाद्यान्न सामाग्री वितरण तत्काल सञ्चालन गर्ने जनाउनु भएको छ ।

यसरी यस महा विपत्तिमा लागिरहँदा आकस्मिक विरामी तथा दीर्घरोगीहरुको लागि लकडाउनले गर्दा केहि महङ्गो भाडा तिरी विरामीको उद्धार गर्न समस्या परेको प्रति दुःख व्यक्त गर्दै त्यस्ता दीर्घरोगी लगायत अन्य विरामीलाई कुनै पनि समस्या नपरोस् भन्ने उदेश्यले नगरपालिका र वडा नं. ३ ले एम्वुलेन्स तथा आकस्मिक गाडीको व्यवस्था गरी उहाँहरुको स्वास्थ्यलाई ख्याल गरी औषधिको अभाव हुन नदिने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।

यसै कार्यक्रम मार्फत कोभिड-१९को कारणले गर्दा नियमित रुपमा सुचारु भएका विकास निर्माणका कामहरु अबको स्थिति हेरि सुचारु गर्ने सङ्गै केहि कार्यहरु जहाँ सम्म सञ्चालन गर्न सकिन्छ त्यहि सम्म पुर्याउने लक्ष्य रहेको र अहिले सम्म पनि नगरपालिकाको नजिकको वडा नं. ३ भए पनि सडक तथा खानेपानीको समस्याबाट पछि परेको भन्दै दुःख समेत व्यक्त गर्नु भएको हो।

त्यस्तै कार्यक्रम मार्फत अबका योजनाहरु तर्फ ध्यान केन्द्रीत गराउदै प्रदेश सांसद खडक के सी लाई यि समस्याबाट छिट्टै मुक्ति दिलाईदिन आग्रह गर्नु भएको हो । सोहि कार्यक्रमको अन्त्यमा सांसद द्वय केसीले यस महा विपत्तिको समयमा पनि सम्पन्न परिवारले समेत सरकारको मुख ताकी राहत लिईरहँदा विपन्न परिवार विहान वेलुका समेत छाक टार्न समेत मुस्किल परेका ब्यक्तिहरुको भाग समेत खोस्न खोजेको प्रति आफू दुखि हुनु परेको भन्नु भएको हो ।

यसै कारणले गर्दा पनि अब यो लकडाउन तथा बन्दाबन्दी विस्तारै खुकुलो बनाउदै जाने कुरामा विश्वस्त रहन आग्रह समेत गराउनु भयो । अबको आर्थिक वर्षको बजेटमा आफूले सक्दो पहल गरि समग्र रेसुङ्गा नगरपालिका र वडा नं. ३ को समस्यालाई मुख्य प्राथमिकतामा राख्ने समेत जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend