logo
  • मंगलबार, असोज १३ २०८३

प्रदेश सदस्यद्वारा राहत बितरण र क्वारेन्टाइनको अनुगमन


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

सबिन बस्नेत, गुल्मी बैशाख २१।
प्रदेश नं ५ अन्तर्गत गुल्मी जिल्ला क्षेत्र न २ का सांसद खडग केसिद्वारा आफ्नो निर्वाचन क्षेत्रमा भएको पछिल्लो राहत बितरण तथा क्वारेन्टाइन ब्यबस्थापनको अनुगमन भएको छ । सासद केसिको नेतृत्वमा जिल्ला समन्वयका सदस्यहरु राम मल्ल र दल बहादुर बिश्वकर्मा सम्मिलित कार्यदलले राहत बितरणको स्थिती, लक डाउनको पालना, क्वारेन्टाइनको प्रबन्ध तथा आगामी दिनमा जिल्ला समन्बय र प्रदेशले के कस्तो सहयोग गर्न सक्छ भन्ने बारेमा अन्तर्कृया गरेको थियो ।

आज कार्यदलले रेसुङ्गा नगरपालिका अन्तर्गत वाड नं १,२ र ३ को अनुगमन गर्दै सर्बदलिय राहत बितरण समितिसंग अन्तर्कृया समेत गरेको थियो ।वाड नं २मा लक डाउनको अबस्था र राहत बितरणलाई कसरी प्रभावकारी बनाउने भनी गरिएको छलफलमा बोल्दै प्रदेश सांसद केसिले राहतको दुरुपयोग हुन नदिन दैनिक ज्याला मजदुरी गरि बेलुका चुलो बाल्ने स्थितिमा रहेकालाइ मात्रै राहत पाउने सुचिमा समाबेश गर्नुपर्ने बताए ।

उनले भने- लक डाउनलाइ ब्यबहारिक बनाउदै अहिले खेतिपातिको काम गर्न सकिने स्थिती छ ।सामाजिक दुरि कायम गर्दै स्थानीय तहसंगको समन्बयमा काम पनि गर्नु जरुरी छ। राहत लगायत अन्य सुबिधा राज्यले बिकास खर्च काटेर प्रदान गर्ने हुदां अत्यावश्यक हुनेले मात्रै लिनुपर्छ भन्दै सांसद केसिले थपे -हाम्रो कारणले गरिबको गाँस काटिनु हुदैन ।पक्कि घरमा बस्नेले पनि राहतको माग गर्नु ज्यादै बिडम्बना स्थिती हो ।

त्यस्तै वडा नं २ का अध्यक्ष उदय थापाले वडामा सक्रमणको समस्या नरहेको भन्दै यो अबधिमा सन्देशमुलक सुचना प्रसार र तेईस सय मास्क बितरण गरेको जानकारी दिए ।राहत बितरणमा सर्बदलिय संयन्त्र बनाइएकोले कुनै समस्या नआएको बताउदै श्रमिक बर्गको बढी बसोबास रहेको हुदां नगरको निर्देशिका अनुसार राहत बितरण गर्न समस्या परेको बताए । उनले भने – निर्देशिका बमोजिम राहत बाड्दा गाउँपालिकाले भन्दा कम राहत दिएको भन्ने गुनासो सुनिएको छ ।

नगरपालिका भित्र संयुक्त क्वारेन्टाइन र आइसोलेसनको ब्यबस्था भएको जनाउदै वडामा त्यस्तो छुट्टै ब्यबस्था नगरेको भएपनी वडाको तर्फबाट रेसुङ्गा मा•बिमा दुई बेडको क्वारेन्टाइन बनाइएको थपे ।उनले भने – अहिले बिदेशमा रहेकाको तथ्यांक संकलन गर्नुको साथै वडा बाहिर रहेकालाइ सुरक्षित लिएर क्वारेन्टाइनमा राख्ने ब्यबस्था गर्ने सोच्दैछौ । सो अन्तर्कृयामा नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट शालिक बस्नेत र नेपाली कांग्रेसको तर्फबाट अमृता कुवंर लगायत वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

वडाले दोस्रो चरणको राहतमा दुइसय पांच घरपरिवारलाई समेट्दै बढीमा पच्चीस केजि चामल ,दुई लिटर तेल र दुई केजि दाल लगायतका सामान बितरण गर्ने भएको छ । चामल मात्रै एक चालीस क्विन्टल आबश्यपर्ने वडा सचिव देविराम पन्थिले बताएका छन । यो राहत बुधबारसम्म बांडिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend