logo
  • मंगलबार, असोज १३ २०८३

गल्कोट रिघामा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

 

कमल पौडेल

२१ बैसाख,बागलुङ

गल्कोट नगरपालिका वडा नं. ११ रिघामा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु भएको छ। शनिवार धारामन्दिर, वडा कार्यालय, सानो रिघा र फेंदिमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको र आइतवार साविक रिघा गाविसको वडा नं. ७, ८, ३ र ६ मा वितरण गरिने वडा अध्यक्ष डम्बर बहादुर श्रीसले जानकारीदिनुभएको छ। वडाका कर्मचारी, जनप्रतिनिधि सहितको टोलीले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो। सनिवार, वृद्ध, एकलमहिला, अपांगता भएका र दलित पोषण अन्तरगत २ सय ९६ जनालाई २६ लाख वढि रकम वितरण गरिएको वडा अध्यक्ष श्रीसले बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend