साझा नेटवर्क
कमल पौडेल
२१ बैसाख, बागलुङ ।
बडिगाड गाउँपालिका वडा नं. ५, ग्वालीचौर, वडा नं. ६ खाल र वडा नं. ७ भिमगिठे, दोवाटा क्षेत्रमा सवै खाद्य पसलहरुको अनुगमन गरि म्याद गुज्रीएका सामाग्रि बरामद गरि जलाइएको छ। गाउँपालिका भित्रका पसलहरुमा म्याद सकिएका खाद्यवस्तु समेत विक्रिवितरण भएको भन्ने सुचना पाएसंगै गाउँपालिकाले प्रहरीको सहयोगमा पसलहरुमा छापा मारेको हो। शनिवार ३ समुहमा एकै साथ गरेको अनुगमनमा ६० हजार वढिको म्याद गुज्रेका खाद्य सामाग्रि जलाएको गाउँपालिकाका सुचना अधिकारी थम्मन रेश्मीले जानकारी दिनुभएको छ।
जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल, गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा, उपाध्यक्ष अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी, सुचना अधिकारी थम्मन रेश्मी, लेखा अधिकृत डिल्लीराज शर्मा, स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादव, इलाका प्रहरी कार्यालय भिमगिठेका प्रमुख प्रहरी नायव निरिक्षक रिन बहादुर बैदवार सहित भिमगिठे र खारको प्रहरी, स्वास्थ्यकर्मि, पत्रकार सहितको टोलीले सवै पसलमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा तेल, चाउचाउ, आटा, दालमोठ, भुजा, विस्कुट, जिरा, चिया, पेय पदार्थ लगाएतका खाद्य सामाग्रि म्याद सकिएको भेटिएको थियो। अनुगमनका क्रममा सवै पसलमा कुनै न कुनै अखाद्य बस्तु भेटिएको अनुगमन समितिका संयोजक समेत रहनुभएका गाउँपालिका उपाध्यक्ष अम्मर बहादुर श्रीसले जानकारी दिनुभएको छ। गाउँपालिकाले सवै व्यवसायीलाई म्याद सकिएका अखाद्य वस्तु तुरुन्त हटाउन निर्देशन दिँदै अनुगमन निरन्तर गर्ने र आगामी दिनमा भेटिए कडा कार्वाहि गर्ने चेतावनी समेत दिएको छ। अनुगमनमा अखाद्यय वस्तु भेटिएको र गाउँपालिका भित्रका सवै बजार पसलहरुमा प्रभावकारी अनुगमन गर्ने प्रमुख प्रशासकिय अधिकृत वालाकृष्ण सुवेदीले जानकारी दिनुभएको छ। शुक्रवार गाउँपालिकाले वडा नं. २ का पसलहरुमा अनुगमन गरि ३० हजार वढिका म्याद सकिएका खाद्य वस्तुहरु नष्ट गरेको थियो।
फोटोः पसल अनुगमन तथा अखाद्य वस्तु नष्ट गरेको ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend