साझा नेटवर्क
दिपेन्द्र श्रेष्ठ, अर्घाखाँची बैशाख २० ।
कोरोना भाईरस (Covid-19)को महामारीको विषम परिस्थितिमा छत्रदेव गाउँपालिका स्थायी ठेगाना भई हाल पोखरामा औषधि ब्याबसाय गरि बसेका ब्याबसायिहरुले छत्रदेव गाउँपालिकालाई कोरोना भाइरस (कोभिड़ १९)को संक्रमण रोकथामको लागि बिभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।

पोखरामा औषधि ब्यबसाय गर्ने छत्रदेवबासीहरुको सहयोगमा पठाएको स्वास्थ्य सामाग्री ब्याबसायी छत्रदेवका धर्मराज पन्थीको यातायात ब्याबस्थापनमा औषधि ब्याबसायी कृष्ण पाण्डे, शोभाखर पाण्डे र होमलाल पाण्डे लगाएतले गाउँपालिकाको कार्यलयमा उपस्थित भइ छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, उपाध्यक्ष तुल्सादेबी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल ,पालिकाका प्रवक्ता तथा ५ नम्बर वडाका अध्यक्ष बालकृष्ण श्रेष्ठ र पालिकाका स्वास्थ्य शाखाका प्रमुख लागायेतको रोहोबरमा पी पी इ-३थान मास्क-१५००थान पन्जा-८०० थान, सेनिटाइजर १०० एम एलको-१८७ बोत्तल,स्प्रिट-१० बोत्तल, साबुन १ दर्जन, ग्लिसिरिन-५ दर्जन सिटामोल-१००० थान लगायतका स्वास्थ्य सामाग्री सामाजिक दुरी सहितको एक बिशेष कार्यक्रमका बीच हस्तान्तरण गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानाकारी दिनुभयो।
भुसालका अनुसार उपलब्ध भएका स्वास्थ्य सामाग्रीहरु पालिका भित्रका सबै स्वास्थ्य सस्थाहरु र भाइरस सङ्क्रमणको उच्च जोखिम रहने संघसस्थाहरुमा वितरण गरिने बताउनु भयो। स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरामा बसी औषधि ब्याबसाय संचालन गरि आफ्नो आफ्नो जन्मथलो छत्रदेवलाइ माया गरि कोरोना भाईरस (Covid-19)को महामारीबाट बिस्व नै आक्रान्त र त्रसित बनिरहेको दुखद परिस्थिमा यति ठुलो परिमाणमा स्वास्थ्य सामाग्री सहयोग गर्ने सहयोगी दाताहरुलाई आगामी दिनहरुमा समेत सहयोगको अपेक्षा राख्दै सिंगो छत्रदेव गाउँपालिकाको तर्फबाट पालिकाका प्रमुख लेखनाथ पोख्रेलले धन्यवाद दिदै आभार प्रकट गर्नुभएको थियो ।
आफुहरु जिल्ला र पालिकाबाट बाहिर रहेतापनि छत्रदेव गाउँपालिकाका गतिविधिहरु बिभिन्न समाचार माध्यामहरुबाट निरन्तर नियालीरहेको बताउनुहुन्छ लामो समयदेखि छत्रदेव स्थायी ठेगाना भई पोखरामा सन्चो मेडिको फर्मा संचालन गरि बिभिन्न सामाजिक काममा अग्रसर छत्रदेव ७ माझकोटका कृष्ण पाण्डे । पाण्डेका अनुसार छत्रदेव गाउँपालिका बिकाश निर्माणका काममा बैज्ञानिक ढंगबाट अगाडी बढेको खबर देख्न र सुन्न पाउदा आफुहरु हर्षित हुने गरेको र विपदको परिस्थितिमा थोरै भयपनी स्वास्थ्य सामाग्री सहयोग गर्न पाउदा खुशी लागेको र आउदा दिनहरुमा समेत स्वास्थ्य क्षेत्रमा मात्र नभई अन्य कुराहरुमा पनि पालिकालाई सहयोग र साथ् दिने अठोट गर्दै सहयोग गर्ने अबसर प्रदान गर्ने सिङ्गो गाउपालिकाको टिमप्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा सबै सहयोगी दाताहरुको नेत्रीत्व गरेर पोखराबाट स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न आएका कृष्ण पाण्डे लगायतको चार जनाको समुहलाई पालिकाका प्रमुख, उप-प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले अबिर र खादा ओडाएर सम्मान गर्नुभएको थियो । छोटो समयमा नै चर्चा कमाउन सफल छत्रदेव संभवत जिल्लामै मात्र नभई देशकै पहिलो खरको छानामुक्त र काठको पोल मुक्त गाउँपालिका हो ।
छत्रदेव गाउँपालिकाले दलित घर उज्यालो कार्यक्रम, सामाजिक सुरक्षा भत्ता सहितको निशुल्क स्वास्थ्य परिक्षण, एकीकृत घुम्ती शिविर जस्ता सेवा दिदै बिभिन्न उदारणिय काम गरि आफ्ना नागरिकहरुलाई सिंहदरबारको सेवा गाउँ गाउँमा आएको अनुभूति गराउन सफल देशकै नमुना गाउपालिकाको रुपमा चर्तित छत्रदेव गाउँपालिकालाइ सबैभन्दा धेरै बजेट भित्राउने र सुसासन पार्दसितासहित बिकाश निर्माणमा पनि नेपालकै अब्बल गाउपालिकाको रुपमा छत्रदेव पछिल्लो समय सामाजिक संजाल र मिडियाहरुमा समेत भाइरल बन्न सफल देखिन्छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend