logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीमा नौ जनाको ¥यापिड टेस्ट नेगेटिभ


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हुमाकान्त पोखरेल,गुल्मी वैशाख २० ।

गुल्मीको चन्द्रकोट गाउँपालिकामा देशका विभिन्न ठाउँबाट आएकाहरुको आडिटी परिक्षण नेगेटिभ आएको छ । गाउँपालिकाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा रहेका नौ जनाको परिक्षण गरिएको थियो ।

तीमध्ये चितवनबाट आएका चारजनालाई चन्द्रकोट क्याम्पसमा व्यवस्थापन गरिएको थियो । हेटौडाबाट आएका तीनजनालाई ग्वाघास्थित महिला समुह तथा बुटबलबाट आएका दुईजनालाई वडा नम्बर १ को महिला भवनमा व्यवस्थापन गरिएको थियो । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिएको थियो ।

तर रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमुक्त गरिएको गाउँपालिका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend