logo
  • शनिबार, भाद्र २० २०८३

प्रधानमन्त्री केपि ओलिलाई खुल्ला पत्र


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-देवसिँह सेन ठकुरी (देवजल)।
नेपाल मात्रै होइन कि यतिबेला विश्व कोरोना नामक भाइरस सङ्ग जुधिरहेको छ । निहथ्या नागरिकको खुशी लुटपाट गर्न उदत कोरोनाको विरुद्धमा यहाँ र यहाँको सरकारले चालेको कदमलाई सबैले सलुत गर्नु पर्छ । अमेरिका जस्तो विश्वको नं वान देशले कोरोना रोक्न नसक्दा नेपाल जस्तो अल्पविकान्मुख देशमा अहिलेसम्म कोरोनाबाट एक जनाले पनि ज्यान नगुमाउनु सुखद पक्ष हो ।

यसको लागि तिनै सरकार स्थानीय सरकार प्रदेश सरकार, केन्द्रिय सरकार र जनताको पनि ठुलो साथ र समर्थन रहेको घाम जस्तै छर्लङ्ग छ । यस्तो महामारीमा छौँ, हामी । कुनै बेला तपाईं यस्तो पात्र हो ,जतिबेला नेपाल विरुद्ध भारतिय नाकाबन्दी थियोे त्यहीँ बेला ड्टेर मैदानमा उत्रि जनताको ठुलो समर्थन र साथ पाउनु भएको थियो ।

२०७४ सालको निर्वाचनमा यहाँ र यहाँको पार्टीले पाएको जनसमर्थनलाई कतिपयले तपाईं नै मुख्य पात्र हुन भन्ने गरिन्थ्यो हो पनि, जनताले सत्ताको खिचातानी नचाहेको साहेद हजुरलाई पनि पक्कै थाहा होला । आज भोलि तपाईंको कार्य कतै जनताका विपक्षमा हुन लागेका हुन कि भन्ने गाइयगुइय हल्ला चलिरहेको पनि सुन्नु भएको होला ।

यो हल्लालाई तपाईंले आलोचना भन्दा सुझावका रुपमा लिनुपर्छ भन्ने शुभचिन्तक मध्येको म पनि हुँ । दुई दुई पटक किड्नी फेरेर मृत्युसङ्ग युद्धमा लडिरहदा पनि तपाई देशको लागि चिन्तित हुनुहुन्छ भन्नेमा कुनै दुई मत छैन । नेपाली जनताले सत्ररी बर्षदेखि कहियैं नपाएको दुई तिहाइको सरकार पाँच बर्षकाे लागि थिएन र ? अनि किन फेरि सिहदरबारतिर सरकार फेरबदलको हल्ला छ त ?

तपाईंले लिएका दुई अध्यादेश, सासद अपहरणको प्रयास,पुर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको घुस काण्ड, ललिता निवासको जग्गा काण्ड लगायतले जनताको मन नराम्ररी चस्केको छ । तपाईं ती घटनामा सङ्ग्लनलाई कडा कार्वाही गरेर देखाउनुस अनि जनता फेरित तपाईंको देश बनाउने सपनामा साथ दिनेछन ।

आज १३१ श्रमिक दिवस पनि हो, नेपालका सत्तरी लाखभन्दा बढी नेपाली दाजुभाइ विदेशको भुमिमा चालीस डिग्री तापक्रममा पसिना बगाइरहेका छन । यो कोरोना दैत्यले लाखौं निहत्था नागरिकको रोजिरोटी खोसिएको बेला आगामी बजेटमा श्रमिकहरुको पक्षमा योजना तयार गरि गरिबको चुलो निभ्नबाट रोक्नुपर्ने बेलामा सरकार परिवर्तनको भाडभैलो हुनु पक्कै दु:खद हो । त्यसकारण कुरा भन्दा काम गर्नुस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend