साझा नेटवर्क
कमल पौडेल,बागलुङ वैशाख १९ ।
बडिगाड गाउँपालिका वडा नं. २ मा सवै खाद्य पसलहरुको अनुगमन गरि म्याद गुज्रीएका सामाग्रि बरामद गरि जलाइएको छ ।
राहत वितरण गरिएको सामाग्रिमा म्याद सकिएको चाउचाउ भेटिएको जानकारी विहिवार सामाजिक सञ्जालमा आएपछि गाउँपालिकाले तत्कालै एक्सन लिएको हो। शुक्रवार वडा नं. २ भित्रका खर्वाङ, हाँडिखोला, खारपानी र राक्से क्षेत्रका सवै खाद्य पसल अनुगमन गरि ३० हजार वढिको म्याद गुज्रेका खाद्य सामाग्रि जलाएको गाउँपालिकाका सुचना अधिकारी थम्मन रेश्मीले जानकारी दिनुभएको छ । जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल, गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा, उपाध्यक्ष अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी, सुचना अधिकारी थम्मन रेश्मी, स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादव, प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरी सहायक निरिक्षक गुरु प्रसाद न्यौपाने, स्वास्थ्यकर्मि, प्रहरी, पत्रकार सहितको टोलीले सवै पसलमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा तेल, चाउचाउ, आटा, दालमोठ, भुजा, विस्कुट, चिया लगाएतका खाद्य सामाग्रि म्याद सकिएको भेटिएको थियो। वडा नं. २ का २४ ओटा पसलमा गरिएको अनुगमनमा करिस्मा फलफुल पसल बाहेक सवै पसलमा कुनै न कुनै अखाद्य बस्तु भेटिएको अनुगमन समितिका संयोजक समेत रहनुभएका गाउँपालिका उपाध्यक्ष अम्मर बहादुर श्रीसले जानकारी दिनुभएको छ। गाउँपालिकाले सवै व्यवसायीलाई म्याद सकिएका अखाद्य वस्तु तुरुन्त हटाउन निर्देशन दिँदै अनुगमन निरन्तर गर्ने र आगामी दिनमा भेटिए कडा कार्वाहि गर्ने चेतावनी समेत दिएको छ। गाउँपालिकाले आजै वडा नं. ५ को न्वार वजारमा समेत अनुगमन गरेको छ ।
न्वारमा गरिएको अनुगमनमा पनि अखाद्यय वस्तु भेटिएको र गाउँपालिका भित्रका सवै बजार पसलहरुमा प्रभावकारी अनुगमन गर्ने प्रमुख प्रशासकिय अधिकृत वालाकृष्ण सुवेदीले जानकारी दिनुभएको छ। बडिगाड गाउँपालिकाले राहत वितरण गर्दा उद्योग वाणिज्य संघ संग समन्वय गरि पालिकाले कुपन जारी गर्ने र उपभोक्ताले पसलबाटै सामाग्रि लैजाने व्यवस्था मिलाएको थियो। तर पसल संचालकले हेलचेक्राइ गरेको सुचना पाएपछि पालिकाले अनुगमन तिव्र बनाएको हो।
फोटोः पसल अनुगमन तथा अखाद्य वस्तु नष्ट गरेको ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend