logo
  • मंगलबार, असोज १३ २०८३

भ्रामक समाचार प्रकाशन प्रती दलित अगुवाको आपत्ति समाचार सच्याउन आग्रह


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

सीता बि.क,प्युठान बैशाख १९ ।

झन्डै २ बर्ष अघि राष्ट्रपति विद्यादेबि भण्डारीका लागि किनिएको ६ करोड गाडिको बिषयमा लेख्दा सोनुकुमार सुनारले ५ बर्ष जेल सजाय पाए उनी अहिले केन्द्रिय कारागार सुन्दरामा छ्न भन्ने समाचार नागरिक दैनिकमा छापिएको बिषयमा प्युठानका दलित अधिकार कर्मी तथा दलित अगुवाहरुले सामाजिक संजालमा बिरोध जनाएका छ्न । सुनारले आफ्नो फेसबुकमा लेखेका थिए” एक राडी छे,जसले पतिलाई खोलामा फ्याकी ,जन्मदिने आमालाई बृधाआस्रममा,केपि वलि सङ्गको चुम्मचाटिले राष्ट्रपति भइ , अहिले १६ करोडको गाडी माग्दै छे, राडिको राज्य छ नेपालमा ।” सुनार मुद्दा परेको केही समयमै जेलमुक्त भैसकेको आधिकारिक जानकारी नलिइ एक प्रतिष्ठित राष्ट्रिय मिडिया लगायत विभिन्न मिडियामा सुनारले जेल जीवन बिताइरहेका छ्न भनी समाचार प्रकाशनमा ल्याउनु दु:खद छ, एकजना दलित व्यक्तिमाथि अपमानजन्य व्यवहार गरिएको भन्दै जिल्ला दलित सञ्जाल प्युठान , दलित अगुवाले आपत्ति जनाएका हुन ।

आफ्नो मिडियालाई परिचीत बनाउने उद्देश्यले हालको २१ औं शताब्दीमा पनि दलित भएकै कारण सुनारको भ्रामक समाचार प्रकाशन गरि अपमानित हुनु परेकोप्रति उनिहरुले दुःख समेत व्यक्त गरेका छन । सुनारको आफन्त तथा सुरु देखि यस मुद्दा मा समन्वयकारी भुमिकामा रहनुभएका दलित अगुवा मेखराम सुनारका अनुसार तत्कालिन नयाँ शक्ति पार्टी तथा हालका जनता समाज पार्टीका नेता नवराज सुवेदीको पहल र सर्वोच्चका वरिष्ठ अधिवक्ताहरु पदमा सुवेदी आचार्य र विश्व प्रकाश भण्डारीको वकालतमा ३ महिनाको जेल जीवनबाट सुनार जेल मुक्त हुनुभएको बताउनुभयो । राज्यको चौथो अङ्गले यस्तो भ्रामक समाचार प्रकाशनमा ल्याउनु गलत भएको बताउनुभएको छ । राज्य बाटै यस्तो व्यवहार गरिनु कानुनको ठाडो उल्लङ्घन भएको र सिङ्गो दलित समुदाय को मर्यादा माथिकै धज्जी उडाइएको भन्दै समाचार सच्याई आगामी दिनमा समाचार लेख्दा सत्यतथ्य बुझेर समाचार तयार गर्न आग्रह गर्नुभएको छ । जनता समाजबादी पार्टीका नेता समेत रहेका स्वयम सुनारले पनि आफु माथि अपमानजन्य व्यवहार भएकोमा दुःख लागेको बताउनुभयो । दलित समुदायको मुक्तिका लागि गाउँ गाउँमा सामाजिक सद्भाव र सचेतनाका आवाजहरु बोक्दै हिड्ने अभियान्ता माथि यस्तो भ्रामक समाचार प्रकाशन गरिनु सिंगो दलित समुदाय माथिको दूर्ब्यवहार भएको उहाँले बताउनुभयो ।

आफुले व्यहोरेको जीवनकै पहिलो घटना भएको पनि उहाँले बताउनुभयो । यता संयुक्त दलित संघर्ष समितिले यस्तो भ्रामक समाचार प्रकासन गर्नेमाथि कडा कानुनी कारबाहीको माग गरेको छ । समितिका निबर्तमान संयोजक सन्तोष नेपालीले अझै दलित माथि कुनै न कुनै रुपमा छुवाछुतपूर्ण व्यवहार गरिँदै आएको र यसखाले व्यवहार गर्ने जो केहीलाई कडाईका साथ कानुनी कारबाही हुनुपर्ने बताउनुभयो । जनता समाजबादी पार्टिका नेता श्याम गहतराजले गौमुखी गाउँ पालिका ४ पुजा बस्ने सुनारलाई केहि जेल सजाय तोकिएको थियो पुर्ब नयाँ शक्ति पार्टीको पहलमा उहाँलाई छिटो नै रिहा गरेको हो,सामाजिक संजालमा उहाँ अझै कैद भुक्तान गर्दै छन भन्ने समाचारमा कुनै सत्यता नभएको जानकारी दिनुभएको छ ।जनता समाज बादी पार्टिका जिल्ला सदस्य समेत रहेका सुनार माथि दलित भएकै कारण अपमानजन्य व्यवहार गरिएको हो , उनले भने -“उहाँ अहिले आफ्नै घरमा हुनुहुन्छ हामी निरन्तर सम्पर्कमा छौ।”

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend