साझा नेटवर्क
बाबुराम थापा , मलेसिया बैशाख १९ गते ।
मलेसियन सरकारले यतिबेला कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने भनेर आवागमन नियन्त्रण आदेश (एमसिओ) जारी गरेको छ ।
एमसिओ अवधी भित्र कोरोनाको आशँकामा क्वारेन्टाईनमा उपचाररत रहेका अवैधानिक (इलिगल) बिदेशीहरुलाई पक्राउ गरि देश निकाला गर्ने भएको छ । स्थानीय सञ्चार माध्यमले समाचारमा उल्लेख गरेकाछ्न।
मलेसियाको केहि स्थानमा बसोबास गर्दैआईरहेका विदेशिहरूमा समेत कोरोना भाईरस भेटिएपछि ईएमसिओ अर्थात कडा आवागमन निषेध लागु गरि सबैलाई क्वारेन्टाईनमा राखेको थियो । त्यस्ता क्षेत्रहरूमा अत्याधिक अवैधानिक विदेशि कामदार रहेको थाहा पाएपछि मलेसियन सरकारले क्वारेन्टाईन सकेपछि तिनीहरुलाई सिधै पक्राउ गर्ने तयारि रहेको मलेसियन सरकारका वरिष्ठ(रक्षामन्त्री दातुक श्री इस्माईल साब्री याकोबले बताएका छ्न।
पक्राउ परेकाहरुलाई बिभिन्न ११ वटा कारागारमा राखिने र व्यवस्थापन पछि तुरुन्तै उनिहरुको आफ्नै देश डिपोर्ट गरेर पठाइने वरिष्ठ रक्षामन्त्री साबरीले जनाएकाछ्न।
मलेसियामा गत महिना मार्च १८ तारिखदेखिनै एमसिओ जारी गरेकाछ्न भने मे १ तारिखदेखि मे १२ तारिखसम्मको लागी जारी गरिएको चौथो चरणको एमसिओ सुरु हुँदैछ्न।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend