logo
  • शुक्रबार, असोज ९ २०८३

अब अति भो, पार्टी विघटन गर्ने तयारी गरौ !


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सबिन बस्नेत ।

संगठनसहित कार्यक्रम र जनपरिचालन प्रभावकारी भयो भने कुनैपनी पार्टी वा संस्था जिबन्त र गतिशिल हुदै चुनौतिको सामना गरि अगाडी बढ्न सक्षम हुन्छ । संगठन पद्धति बान्छित उद्धेश्य हासिल गर्न ब्यक्ती बिच अन्तरसम्बन्ध कायम गरि एकताबद्द रुपमा कार्यक्रमसहित अगाडी बढ्ने पद्धति हो ।तसर्थ पार्टी वा संगठनमा प्रक्रिया र अन्तरसम्बन्ध जस्ता तत्व हुने हुदा ब्यक्तिको भन्दा नि सामुहिक प्रयत्नको आबश्यकता रहन्छ ।अर्थात संगठनमा ब्यक्ति भन्दा पनि सामुहिक नेतृत्व बढी बलशाली हुने गर्छ । यहि मान्यताका साथ स्वतन्त्र ब्यक्ती पनि समुह ,पार्टी वा संगठनमा आबद्ध भएको हुन्छ ।स्वाभाविक रुपमा ठुलो स्तरको साझा र बृहत उद्देश्य हासिलका निम्ती संगठन वा पार्टी अपरिहार्य रहन्छ । ब्यक्तिगत रुपमा जतिसुकै चर्चित भएपनी संगठित नभएको खण्डमा जीत हासिल गर्ने गरि अघि बढ्न नसकिने कुरा घाम झै छर्लङ छ ।कदांकदाचित यस्तो परिणाम आइहाले त्यसलाइ काकताली नै मान्नुपर्ने हुन्छ ।ब्यक्तिको करिश्माले मात्रै सिङ्गो नतिजा हासिल हुन सक्दैन ।

नेपालमा राजनिती पार्टी- संगठनको रुपमा नभएर निजि कम्पनी वा बंशजको प्राधिकार र गुटमा चलेको पहिलेदेखी अनुभव हुदै आएकोमा अहिले भने प्रष्ट देखिन थालेको छ ।नेपाली कांग्रेस बिपिको परिवारको सेरोफेरोबाट बढ्दै शेर बहादुर देउवासम्म आउदा अहिले तीन,चार वटा गुटमा माखी साङ्लो झै अल्झिएको छ ।बाहिरबाट हेर्दा रामचन्द्र पौडेल ,प्रकाशमान र कृष्ण सिटौलाले गुट बनाएर नेतृत्वलाइ निर्णय गर्न नसक्ने बनाएका हुन कि भन्ने देखिदैछ।कांग्रेसमा महाधिवेशनबाट निर्बाचित भएर शेर बहादुर देउवा पार्टी सभापति भएको भएपनी समानान्तर हैसियतमा पौडेल समुह उभिएका छन ।यसैकारण अहिले ०७४ को निर्वाचनबाट प्रतिपक्ष भुमिकामा झरेको भएपनि कांग्रेसले कुनै रचनात्मक भुमिका खेल्न सकेको छैन ।जसले गर्दा केहि ब्यक्तीहरु हिरो बनि सडकको नेतृत्व लिन खोजिरहेका छन । हिजो तराइमा सिके राउत बिखण्डनकारी मुद्दा उठाएर तराइका जनता भड्काइरहेका थिए भने अहिले कोरोना संकटको समयमा सरकारको कमजोरिको फाइदा उठाएर रबि लामिछाने जस्ता पत्रकार र सुरेन्द्र कार्की ,ज्ञानेन्द्र शाही जस्ता मुकुण्डोधारीले भ्रष्टाचार नियन्त्रण र समाजसेवाको नाममा बेरोजगारी युवालाइ भड्काउदै वैदेशिक रोजगारीमा रहेका सोझा नेपाली जनताको दानापानीमा हिरो हुन खोजिरहेका छन ।

नबिन बिक जस्ता अमुक पात्र खोजी खोजी स्थितिलाइ भयावह गराउने प्रयत्न गरिरहेका छन । स्थानिय प्रशासनसंग समन्वय गर्नुपर्नेमा दोषारोपण गरेर ठुलो स्वर गरिरहेका छ्न ।राज्यको नियम हामिलाइ लगाउन पाइदैन जसरी हुंकार गरिरहेका छन ।राजदुतावासको समन्बयमा गरिएको उद्दारलाइ आफ्नो बहादुरीको रुपमा भजाएका छन ।जनतामा नकारात्मक धारणा बिकास गर्दै प्रतिपक्ष पार्टिको भुमिकालाइ संकुचित तुल्याउन लागिपरेको देखिदैछ । सबै दलका नेतालाइ तथ्यहिन आधारमा भ्रष्टाचारीको बिल्ला भिराउदै अराजकता फैलाइरहेका छन।वाक स्वतन्त्रताको नाममा खुलेआम ब्यक्तिगत टिप्पणी गर्दै हुलहुजतका घटना घटाउने प्रयत्न गरेका छन । यता प्रतिपक्ष पार्टी कांग्रेस संसदीय छानबिन गर्न दबाब दिनुको साटो यस्तै खपतवाला बिरोध हेरेर मख्ख परिरहेको जस्तो देखिन्छ । लोकतान्त्रिक ब्यबस्थामा सत्तापक्ष भन्दा प्रतिपक्ष बढी जिम्मेवार हुनुपर्छ भन्ने मान्यता भएपनि त्यो महशुस हुन सकिरहेको छैन ।बरु मिडिया खपतका लागि सत्तापक्षका नेता र सांसद नै यतिबेला प्रतिपक्षी बनेर चर्को बोलिरहेको देखिन्छ।

नेपाल कम्युनिस्ट पार्टी पुर्व एमाले र पुर्ब माओवादीको एकीकरण भएर बनेको पुग नपुग दुइ बर्ष हुदैछ ।एक बर्षमा एकीकरण गरि महाधिवेशनमा जाने भनिएपनी संगठनात्मक एकता अझै पुरा गर्न सकेको छैन ।केन्द्रमा लगभग कार्यबिभाजन गरि दुइ अध्यक्षको ब्यबस्था गरेको भएपनी अन्य तहको एकता कमजोर हुदा तलदेखी माथिसम्म केहि ब्यक्तीहरु मात्रै हाबी भइरहेको देखिन्छ ।एउटा अध्यक्ष केपि ओलिले सरकारको नेतृत्व र अर्का अध्यक्ष प्रचण्ड दाहालले पार्टी संचालन गर्ने भनिएपनी व्यबहारमा त्यो देखिदैन । दुबैले एकाअर्कालाई असहयोग गर्दै गुटबन्दीमा लागेका हुन कि भन्ने आशंका गरिदैछ । सत्ता र शक्ती बिना बाच्नै नसक्ने पार्टी नेतृत्व यतिखेर अध्यादेशको बहानामा पर्दा पछाडी एकाअर्कालाई सिध्याउने खेल खेलिरहेको अडकल बाजी बजारमा गरिदैछ । हिजोदेखी नै गुटमा रुमलिएका पुर्व दुइ संगठन अहिले पनि भावनात्मक रुपमा एक हुन सकिरहेका छैनन । जसले गर्दा सानो मुद्दामा पनि सर्लक्कै काक्रोको चिराजस्तो चिरिने प्रवृत्ति छ । यतिखेर पुर्ण बहुमतमा सरकारको नेतृत्व गरेको भएपनी निति ,कार्यक्रमको सहि ब्यबस्थापन गर्न सकिरहेको छैन ।माकुरो जालोमा फसेजस्तो फसिरहेको छ । सरकार सस्थागत रुपमा नचलेको हो कि नदिइएको हो सो समेत अहिलेसम्म खुल्न सकेको छैन ।आफुलाइ भागाभण्डा पुगे मै चुप तै चुप हुने प्रवृत्ति छ ।पार्टीलाइ बिधी र अनुशासनमा चलाउन बास्तबमा कसैको चासो छैन ।

पटकपटक अध्यादेश ल्याउने र पछि हट्ने सरकारको प्रबृतिले राम्रो शुरूवात गरिएका कार्यक्रम पनि ओझेल परिरहेका छन।कोरोना संकट, यसको प्रभाबसंग सामुहिक रुपमा लड्नुपर्नेमा खुलेआम पार्टी भित्र बिबाद उठ्नु इमान्दार कार्यकर्ताको निम्ती लज्जाको बिषय हो ।यतिखेर केहि राम्रा मन्त्रीको हेरफेर भएको , सल्लाहकारहरुको मनोमानी बढेको र स्वार्थ समुहको मोहमा फसेर केपि ओलि सरकार पार्टीबिना एक्लै चल्न खोजेको आशंकामा भैसे पार्टी गुट बनिरहेको हो भनी आरोप लगाउदै अबिश्वास बढाउन दुबै समुह सक्रिय छन । ब्यबहारत सच्चाउनै नसकिने कमजोरी सरकारबाट भएको देखिदैन । तत्काल बैठक आब्हान गरि बुझाइमा एकरूपता कायम गर्दै आ आफ्नो जिम्मेवारीमा फर्कन सक्ने स्थिती छ ।तर इगो बनाएर अघि जान खोजे दुर्घटना निम्तिन सक्छ ।यतिबेला पार्टी असफल हुने र ब्यक्ती वा गुट सफल हुने इतिहास कोहि पनि छैन भन्ने बुझेर नेतृत्व सामुहिक ढंगले अघि बढ्नु जरुरी छ ।कम्युनिस्ट पार्टीमा स्थायी गुट वा नाताबाद रहनु दुखद पक्ष हो यसले कम्युनिस्ट पार्टीको औचित्यलाइ छिटो समाप्त पार्ने देखिन्छ ।
सत्तापक्ष पार्टिमा यसरी ब्यक्ति हाबी हुने क्रम बढिरहेको छ ।प्रयाप्त जनाधार भएको पार्टी नेतृत्वकै पदलोलुपताले साघुरिदै जाने चिन्ता भइरहेका छन । केपि,झलनाथ,माधब,बामदेव,प्रचण्ड र रामबहादुर थापा भित्रभित्रै गुटगत रुपमा लागेको देखिन्छ ।बास्तबमा एउटै पार्टीबाट चारजना प्रधानमन्त्री भइसकेको हुंदा यो स्थितिमा सरकार संचालनका अबसर र समस्याका बारेमा चारैजनाले नबुझेका छैन्न ।तरपनी आफ्नो अनुभवलाइ प्रयोग गर्न किन चुकिरहेका छन त्यो अनुत्तरित नै छ ।उनिहरुले एउटा कुरा बुझ्नु जरुरी छ कि यो पांच बर्षे पुर्ण अबधिको सरकार हो ।यसले काम गर्न सकेन ,जनजिबिकाका समस्या हल गर्ने स्पष्ट बाटो बनाउन सकेन भने भोली नेतृत्व गर्न पाउछौ भन्ने नसोचे नि हुन्छ ।कार्यकर्ताले सबैको नाङ्गो नाच नजिकबाट हेरिरहेका छन ।हिजोको आंशु र रगतको सार्थक मुल्य गर्व साथ देखाउन नपाउदा अहिलेसम्म कुनै लोभ नगरेका कार्यकर्ता निराश हुने स्थिती छ । अत नेतृत्व परिबर्तन भन्दा नि यो दुइ बर्ष भन्दा बढी रहेको अबधिलाइ फलदायी बनाउन पार्टी नेतृत्व पार्टीको बैठकमा छलफल गरि आजैबाट लाग्नैपर्छ ।नमिलेका कुरा मिलाउन केपि ओलि वा प्रचण्ड जोसुकै भएपनी मेरो गोरुको बार्है टक्का गर्नुहुदैन ।दुबैको सिमितता थाहा भइसकेको छ ।परिबारबादमा फसिसकेको कुरा छर्लङ्ग छ ।देशलाइ पटक पटक ट्रायलमा राख्ने छुट नेपाली जनताले दिने छैन्न ।यो काम गरेर देखाउने अन्तिम अबसर हो ।यसले नै कम्युनिस्ट पार्टीको आयु र इतिहास तय गर्नेछ ।

यो कोरोनाको बिश्वब्यापी संकटले नेपाललाइ असफल राष्ट्र बनाउने जोखिम उत्तिकै छ ।सबै पार्टी लाइ बिश्वासमा लिएर सरकार अघि बढ्नु आबश्यक छ ।सरकारले छिटोभन्दा छिटो खर्च कटौतिको प्रस्ताब लिदै स्थानिय सरकारलाइ अधिकत्तम परिचालन गर्ने, भ्रष्टाचार नियन्त्रणको लागी कमिशन कानुन ल्याउने,अख्तियारलाइ पुर्णता दिने ,राजनीतिक नियुक्तिमा युवालाइ प्रार्थमिकता दिने ,पुर्ब बिशिस्टलाइ एक बर्ष भन्दा बढि सुरक्षा नदिने वा कटौती गर्ने र बिकास निर्माणमा खटाउने , राष्ट्रपतिलाइ राजाको प्रतिमुर्ति होइन सडकमा जनतासंग परामर्श गर्ने बनाउदै एउटा मात्रै सुरक्षा घेरा राख्ने वा कार्यकारी पद एउटा मात्रै रहने गरि दश जना भन्दा बढी मन्त्री नबनाउने प्रस्ताव अध्यादेश मार्फत ल्याउनु जरुरी छ ।यस्ता बिषयमा अध्यादेश ल्याएमा प्रतिपक्षको मात्रै होइन आम जनताको पनि समर्थन हुने बाताबरण रहनेछ ।होइन भने एन बनाउने अधिकार संसदलाइ छोड्दै आशा जगाउने गरि दुई चार वटा गौरवका योजना सम्पन्न गर्ने गरि सरकार अघि बढ्नुपर्छ ।गरिब देशमा बिशिस्टका नाममा सुरक्षाकर्मीको लावालस्कर लगाएर पजेरोको दुरुपयोग गर्नेबाट सुशासन र समृद्दिको सपना देख्नु निर्थक्क हुन्छ ।यसले अन्तत सस्था र संगठनको औचित्य माथी नै प्रश्न खडा गर्नेछ ।दुइचार जनाको मतियार बन्न संगठनमा आवद्ध हुन कोहि पनि इच्छुक हुनेवाला छैन्न ।

मधेशबादी दल संघिय समाजबादी दलसंग एकता गरि भर्खरै राष्ट्रिय दल बन्ने प्रयत्नमा लागेको छ । तर नजन्मिदै कयौ प्रश्न उठेका छन ।सधै सत्ताको वरिपरी बस्न रुचाउने राजेन्द्र महतो,उपेन्द्र यादब र बाबुराम भट्टराई जस्ता नेता रहेको यो दल कति समयसम्म एकताबद्द रहला भन्न सकिने स्थिती छैन ।अन्तत यो दल गुटमा बिभक्त हुने सम्भावना उत्तिकै छ ।बहुराष्ट्रिय देश भनेर जातिय मुद्दा ब्युझाउने र सत्ताको स्वाद चाख्ने दाउमा रहेको यो दलसंग आम जनताको खासै चासो पनि छैन ।यद्दपी तेस्रो ठुलो दल बन्ने यो प्रक्रियाले लोकतान्त्रिक ब्यबस्था अझै मजबुत हुने चांही देखिन्छ ।नेपालमा रहने भनेकै कांग्रेस र कम्युनिस्ट हुन ।अरु दल हराउने पक्का छ ।

यसरी सरसर्ती नेपालमा कृयाशिल दलहरुको प्रबृती र समस्यालाइ हेर्दा यि दलहरु सिद्धान्त भन्दा नि लहडले चलेका छन भनी दाबी गर्न सकिन्छ ।अहिले कुनै पार्टीमा न उदारबादको न समाजबादको सिद्धान्तको घेरा स्पष्ट छ । संगठनमा सामुहिकताको भन्दा केहि ब्यक्तिको मनमौजी छ ।कुनैपनी निर्णय सस्थागत रुपमा कार्यान्वयन हुनसक्ने स्थिती छैन ।जुनसुकै दलमा पनि गुटको नाममा एउटा पक्ष सधै पदको बार्गेनिङमा लाग्दै इमानदार कार्यकर्तालाइ पाखा पार्न उद्दत भइरहेको छ । यस्ता गतिबिधीबाट पार्टी वा संगठनको भबिस्य धरापमा पर्ने मात्रै होइन ढिलो चाडो विघटनको दिशामा ल्याइ पुर्याउनेछ ।त्यसपछी गल्ली गल्लिमा मुखुण्डोधारी हिरोहरुको उदय हुनेछ र समाज मात्रै होइन देश नै नेतृत्व बिहिन जत्थाको लहडमा अघि बढ्न थाल्नेछ ।तसर्थ लोकतान्त्रिक ब्यबस्थामा जतिसुकै खराब सस्था वा संगठन भएपनी सुधार्न सकिन्छ तर ब्यक्तिमा महत्वाकांक्षा पलायो भने उसलाइ हिटलर बन्नबाट कसैले रोक्न सक्दैन ।अहिले युटुबे र नाम चलेका मिडियाले समेत यस्ता हिरोहरुको बढी नै वकालत गरेको पाइन्छ । पित पत्रकारिता र छाडा नागरिक समाजको यो हर्कत रोक्न साझा रुपमा अघि बढ्नैपर्छ।सुसस्कृत नेतृत्व त्याग र समर्पणले मात्रै जन्मिन्छ ।अत जिम्मेवार हुदै शान्ती,एकता र बिकासमा मलजल हुनेगरी बहस चलाउनुपर्ने आजको आबश्यकता छ ।सबै ब्यक्तिगत रुपमा स्वतन्त्रताका नाममा अराजक किसिमले चल्न खोजेको हो भने सबै संगठन वा पार्टी विघटन भएको घोषणा गरिदिए हुन्छ ।चेतना भया ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend