साझा नेटवर्क
-खिमराज अधिकारी ।
नेपाली भाषामा लगातार खोकी लाग्नुलाइ सामान्यतया लहरेखोकि भनिन्छ । स्वास नलिमा आक्रमण गर्ने यो रोग बालबालिकामा बढी र बृद्धअबश्थामा कम सक्रमित भएको देखिन्छ । यस्लाइ ठाउ बिशेषले फरक फरक नामले चिनिन्छ । कुनै समय एउटा ठ्युरा (क्याप्सुल) नखाएका आफ्नो उमेरको उत्तरार्ध तिर लाग्नु भएका बाटो, दोबाटो, चौबाटोको शितल छाहारिमा बसेकालाई सोधपुछ गर्दा कतै काली खासी त कतै कुकुर खोकी भन्दा रहेछन ।

लहरेखोकी (Whooping Cough) लाई । यो रोग मानिस बाहेक कुकुर र बिरालोलाई पनि लाग्ने बिज्ञ हरुले बताएका छन । यस प्रकारको रोगका जिबाणुले स्वास प्रस्वासका अङ्ग हरुलाइ क्षेती पुराउने भएकाले च्यापच्याप लाग्ने Mucus उत्पन्न गरि स्वास नलि र साहायक नलिहरु लाई बन्द गरि दिन्छन । फलस्वरूप Mucus हटाउन सक्रमित ब्याक्ती लगातार खोकी नै रहन्छ । सक्रमित ब्याक्तीले यसरी लगातार खोकी रहदा स्वास नलि सुनिने हुन्छ र बिरामीलाई झनै गाह्रो हुन जान्छ । यस्को प्रभाव उमेर अनुसार पर्दछ ।
बालबालिकाको हकमा अति नै छिटो सक्रमण गर्दछ । बालबालिकाले लगातार खोग्दा Vomiting पनि हुन्छ । शरीर रातो र रसिलो भै थकित जस्तो पनि देखिन्छ । ५ बर्ष मुनीका बालबालिकामा छिटो सर्ने र सक्रमण हुने भएकाले सतर्क हुनु जरुरी छ । बुढापाकाहरुले बाहिरबाट आएपछि आगो छोएर बच्चालाई उचाल्न/लिन किन भनेका हुन भन्ने बैज्ञानिक कारण यहि हो ।
यो रोग अल्पबिकशित र अबिकसित मुलुकहरूमा बढी मात्रामा देखिएको समस्य हो । गर्मी अधिक हुने देशमा भन्दा ठन्डी हुने देशहरुमा बढी सक्रमित भएको पाइन्छ । बयस्कमा कम देखिए पनि बृद्धहरुमा पनि पाहिन्छ । लहरेखोकी (Whooping cough) लाई समयमानै उपचार गरिएन भने विभिन्न किसिमका जटिलताहरु उत्पन्न हुन सक्छन । कानबाट पिप बग्ने, जिब्रोमा घाउ आउने, क्षेयरोग, Encephalits, Pneumonia आदि ।
कहिलेकाही दादुरा सङै पनि लहरेखोकी देखिन सक्छ । लहरे खोकी लागेका बालबालिकाले स्थनपान नगर्दा अन्य पौस्टिक खानेकुरा नखादा कुपोषणको समस्य उतन्न हुन सक्ने जोखिम पनि उत्तिकै रहन्छ । यसको अन्तरबिकासक्रम ७ देखि २१ दिन भएकोले बालबालिका र वृद्धहरुलाइ चिसोबाट बचाउनु उत्तम हुन्छ । लहरेखोकी लगातार लागि रहेमा हाम्रो शरीर भित्र Toxin को साथै Antitoxin पनि उत्पादन भइ Immuneity ले रोगको सक्रमण हुनबाट बचाउछ ।
यो रोगको जिबाणु लाई Haemophoilis Pertussis/ Bacillusd Pertussis भनिन्छ । रोगिका जिबाणु थुक ,खकार ,सिगान ,मुख , कर्ण हरुको स्वाबमा देखा पर्दछन । प्रमुख भण्डार मानिस नै भएकाले एक ब्याक्ती बाट अर्को ब्याक्तीमा सर्ने सम्बाहक पनि मानिस नै हो । अरु सरुवा रोग जस्तै यो पनि Droplet Infection भएकाले हाबा /वायु को माध्यमबाट सर्ने गर्दछ ।
यो रोग लाग्दै गर्दा Conjunctiva हुने १०२ डिग्री सम्म ज्वोरो आउने शरीरको तौल घट्ने , Lymphocytes बढ्ने र आन्तरिक स्वासप्रस्वासको साबिक भन्दा अर्कै आबाज आउने हुन सक्छ । यस्तो अबस्थामा बालबालिका तथा बृद्धबृद्दाहरुलाइ रक्षात्मक विधि अपनाइ शुरक्षित हुने सल्लाह दिनु उपयुक्त हुन्छ ।
न्यानो बनाउने, तातो बस्तुहरु प्रयोग गर्ने, अन्य ब्याक्तीको सम्पर्कमा नजाने, बिधालय नपठाउने आदि गर्न सकिन्छ । बालबालिकालाई समयमा नै रोग प्रतिरोधि खोपहरु लगाउदा सुरक्षित हुन/गराउन सकिन्छ । यस्तै रोगीहरुलाइ प्रायाप्त पौस्टिक आहार दिने जुन ठोस नभइ तरल र तातो हुनु पर्दछ ।
लेखक : इवन मेडिकल काठमाडौका संचालक हुन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend