logo
  • मंगलबार, असोज १३ २०८३

प्युठानको गौमुखी गाउँपालिकाले सबै वडाहरु क्वारेन्टाइन बनायो


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

जोगिन्द्र मल्ल, प्युठान बैशाख १७ ।
नेपालमा कोरोना भाइरसको संक्रमण बढी रहदा प्युठानको स्थानीय तह गौमुखी गाउँपालिकाका सबै वडाहरु क्वारेन्टाइन निर्माणमा जुटिरहेका छन । कामको शिलशिलामा काठमाडौं, पोखरा, बुटवल, दाङ, बागलुङ, पाल्पा, लगायत ठाउहरुबाट गाउँ घर गाउन थालेपछी गाउँ घरमा यतिबेला घुइँचो लाग्न थालेको हो ।

क्वारेन्टाइनको क्षमता भन्दा बढी मानिस रहेकाले उनिहरुलाइ ब्यबस्थित गर्नु र संक्रमित हुन नदिनु स्थानीय तहको दायित्व रहेको र जिल्ला तथा स्थानीय तह भन्दा बाहिरबाट गाउँ भित्रने संख्या बढेकाले क्वारेन्टाइन थप गर्न लागिएको र रजवारामा १२ जना क्वारेन्टाइन रहेको गौमुखी गाउँपालिका ३ रजवाराका वडा अध्यक्ष जंग बहादुर पुन बताउनु हुन्छ।

गौमुखी गाउँपालिकाको अर्खा १ र २नम्बर वडाको अर्खा माबिमा भने गौमुखी गाउँपालिकामा सबैभन्दा धेरै११ वटा कोठामा ५६ जना क्वारेन्टाइनमा बसेको अर्खा २ का वडा अध्यक्ष डाेर बहादुर रानाले जानकारी गराउनु भयो। ज्याला मजदुर गरि धेरै कास्की पोखराबाट आएका र उनिहरु मजदुर रहेका छन।

परिबार छोडेर मुग्लान पस्न त कसलाई रहर थियो र गाउँमा दैनिक गुजारा चलाउन नसक्दा बाध्यताले काम गर्न जानु परेको र लकडाउनका कारण आफुहरुलाई पोखरामा बस्दा राहत नदिएको र हातमुख जोर्न नसक्दा पानी, चिउरा, च्याउच्याउ खादै हिददै स्याङ्जा आएको र गौमुखी गाउँपालिकाले आफु सङ्गै ९ जना लाई उद्द्दार गरेको ४८ बर्सिय हुम बहादुर सुनार बताउछन ।

उनि भन्छन १२ जना परिवारलाई पाल्न आफु काम खोज्दै भौतारिएको र पोखरा गएको दुई महिना नबित्दै फर्कनु परेको छ । म बुढोलाई क्वारेन्टाइनमा बस्नु ठुलो कुरा होइन तर घर परिवारले के काम गर्दै छन पिरलो लाएको गुनासो पोखे।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend