साझा नेटवर्क
अनिल खत्री, गुल्मी वैशाख १७ ।
काठमान्डौ उपत्यकामा अलपत्र परेका मदाने गाँउपालिकाका नागरिकलाई नेकपा जिल्ला कमिटि सदस्य केशव चन्द बोहराको पहलमा राहत तथा उद्धार कार्यमा लाग्नु भएको छ । मदाने गाँउपालिका एक अग्लुङ्गका नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटी सदस्य तथा मदाने गाँउपालिका सह-ईन्चार्ज केशव चन्द बोहराले विश्वभर फैलिएको (कोभिड-१९)को कारणले लकडाउनमा परि अध्ययन तथा अन्य कारणले काठमान्डौमा अलपत्र परेका नागरिकलाई चासोको विषयमा लिदै राहत तथा उद्धार कार्यमा लाग्नु भएको छ।
विश्वभर लकडाउनको घोषणा भएसंगै आफ्नो घर अग्लुङ्गबाट अध्ययन तथा विभिन्न कार्यको शिलशिलामा काठमान्डौमा बसोबास गर्दै आएका अग्लुङ्गबासी दाजुभाई तथा दिदीबहिनीहरुलाई यो बिपत्तिमा परेको समयमा आफूले उहाँहरुको समस्यालाई हेरेर बस्न नहुने भन्दै आफूले सक्दो पहल गरि सहयोग स्वरुप राहत तथा उद्धारमा लागेको बताउनु भएको हो ।
जस अनुसार नेपाल सरकारले लकडाउनलाई थप कडाईका साथ अगाडी बढ्ने निर्णय गरेसंगै एक ठाऊबाट अर्को ठाउँमा जान प्रतिवन्ध लगाएको अवस्थामा गुल्मी आफ्नो घरसम्म ल्याउन सम्भब नभएपनि राहत तथा उद्धार कार्य गरि आम दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग गर्ने व्यवस्था मिलाईएको बोहराले जानकारी दिनु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend