logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीमा आगलागीमा परेर घाइते वडाअध्यक्षको मृत्यु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,गुल्मी बैशाख १७ ।

गुल्मीमा आगलागीमा परेर घाइते १ जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर–४ शान्तिपुरको बसपार्कमा रहेको शान्तिपुर बसपार्कमा रहेको खनाल स्टोर्शमा आगलागी हुँदा पसल सञ्चालक ४५ वर्षिय पूर्ण खनाल घइते भएका थिए । घाइते खनाको बुधवार काठमाडौं स्थित कृतिपुर सामाुदायिक हस्पीटलमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक खनाल बाग्लुङको बरेङ गाउँपालिका वडा नम्बर–३ बाटाकाचौरका वडा अध्यक्ष हुन् ।

गत बैशाख ८ गते पसलमा लागेको आगलागीमा घाइते खनाल सहित उनकी श्रमिती ४२ वर्षिय रुपा खनाल, र छोरा २१ वर्षिय सन्जय खनाल घाइते भएका थिए । उनिहरु सबैलाई स्थानीय मेडिकलमा उपचार पछि पाल्पा हुँदै काठमाडौं पठाइएको थियो । घाइते २ जनाको उपचार भइरहेको र अबस्था गम्भीर रहेको बताइएको छ । आगलागीबाट सपलमा रहेका सामाग्रीहरु जल्दा धन माल जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend