logo
  • शुक्रबार, असोज ९ २०८३

लघुकथा : हेलचक्राइ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बाटोमा बच्चाबच्ची चुङ्गी थेग्दैछ्न् । केहि बल नि खेल्दैछ्न् । भुँडी टुक्क बाहिर निक्लेको एउटा मान्छे यसै टहलिदैछ्न् । एक जना वृद्ध आमा बाटो छेउ मस्त घाम निल्दै हुनुहुन्छ । मास्क लगाएर मुख छोपेको तर नाक खुलै छोडेको एक जना पातलो मान्छे हात पछाडि राखेर उभिरहेका छन् ।

यो सबै देख्दा मलाई रिस उठिरहेको छ । सायद मलाई लाग्छ मेरो ज्यान उनीहरूको हातमा छ । यता म उनीहरुको लागि थुनिएर बसेकोछु । उनीहरु मेरो लागि बाहिर बसेर रोगलाई निम्तो दिदैछ्न् । उनीहरू बेफिक्री देखिन्छन् । मलाई डर लागिरहेको छ । उनीहरू अहिले शुरुको अमेरिका झै गरिरहेका छ्न् ।

म उनीहरूसंग र उनीहरू मसंग जोडिएको कारण उनीहरूको हेलचक्य्राइँप्रति मेरो पारो तातेर आइरहेको छ । झ्यालबाट हेर्नु र आफैमा मुर्मुरिनु बाहेक अर्थोक गर्न सक्ने कुनै विकल्प ममा भएन । होस् ! बरु पर्दा तान्छु। हेर्छु भित्र इलेक्ट्रिक केटलमा पानी उम्लिरहेको छ…।


शान्तिदिप रायमाझी
गुल्मी ।
हाल काठमाडौ

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend