साझा नेटवर्क
अनिल खत्री, गुल्मी बैशाख १४ ।
विश्वभर फैलिरएको कोरोना भाईरस (कोभिड १९) का कारण हाल नेपालमा पनि संक्रमितको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । यस अवस्थामा नेपाल सरकारले पनि यस रोगबाट बच्नको लागि लकडाउनको समयावधि लाई थप गरिरहँदा ज्याला मजदूरी गरी जिविकोपार्जन गर्ने परिवारलाई विहान बेलुका छाक टार्न समेत मुस्किल परेको अवस्थालाई मध्यनजर गरी नेपाल विधार्थी संघ गुल्मीका कार्यवाहक सभापति रामजी पन्थीले नगद रु. ५१ हजार सहयोग हस्तान्तरण गर्नु भएको हो ।
जस अन्तरगत (कोभिड १९) को कारण ले गर्दा गरिब तथा अति विपन्न परिवारका ब्यक्तिहरु खान नपाई भोक भोकै मर्न नपरोस भन्ने उदेश्यले गरिब निमुखा परिवारलाई आवश्यक परेको बेला जुन सुकै समयमा पनि सहयोग लिनको लागि सहज होस भन्ने उदेश्यले रेसुङ्गा नगरपालीकालाई उक्त रकम हस्तान्तरण हो ।
नेपाल विद्यार्थी संघ गुल्मीका कार्यवाहक सभापति पन्थीका दाजु लोकनाथ पन्थीले मलेशियामा रहेता पनि नेपालीहरुको दुःख कस्टलाई आफुले टुलुटुलु हेरेर बस्न औचित्य नहुने भन्दै सक्दो ब्यक्तिगत सहयोग रकम रु ५१ हजार पठाउनु भएको हो ।उक्त रकम आईतवार उहाँकै भाई रामजी पन्थीले रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाललाई हस्तान्तरण गर्नु भएको छ ।
उहाँले नगद हस्तान्तरण गरिरहँदा रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले यो विपत्तिमा पनि यो महान कार्यमा सहयोग गर्नुहुने पन्थीका दाजु लोकनाथ पन्थीलाई धन्यवाद दिनु भएको नेपाल विद्यार्थी संघ गुल्मीका कार्यवाहक सभापति रामजी पन्थीले जानकारी दिनु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend