logo
  • मंगलबार, असोज १३ २०८३

विपत्तिमा एक युवाको गाउँलेप्रतिको माया,काठमाडौंमा अलपत्र आफ्ना गाउँलेलाई सहयोग गर्दै


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

डी.बी.खड्का,गुल्मी वैशाख १४ ।

गुल्मीका एक युवाले उदाहरणीय कार्य गरेका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर एकका युवा तथा समाजसेवी सुशील चन्दले अलपत्र नागरिकहरुप्रति चासो देखाउँदै राहत तथा उद्धारमा लागेका छन् ।

मुलुकमा लकडाउन घोषणा भएसँगै आफ्नो गाउँ अग्लुङबाट अध्ययन तथा विभिन्न सिलसिलामा काठमाडौमा बसोबास गर्दै आएका नागरिक हरुलाई समस्या परे आफ्नो व्यक्तिगत सहयोगबाट राहत प्रदान गर्ने बताएका छन् ।

सरकारले लकडाउनमा एक ठाउँबाट अर्को ठाउँमा जान प्रतिबन्ध लगाएको अवस्थामा गुल्मीसम्म ल्याउन सम्भव नभए पनि राहत प्रदान गरि नागरिकहरुलाई सहयोग गर्ने व्यवस्था मिलाएको उनले बताए ।

शनिबार साझा नेटवर्कसँग कुराकानी गर्दै चन्दले भने, “राहत र उद्धारमा सरकार लागि परेको छ । तर पनि तपाईहरुका समस्या समाधान भएन भने म तपाईंलाई सहयोग गर्छु ।”

युवा समाजसेवी चन्द नेपाली काङ्ग्रेस मदाने गाउँपालिका वडा नम्बर एकका सभापति समेत हुन् ।

फेसबुक पोस्ट-

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend