साझा नेटवर्क
तिलु शर्मा पौडेल, कतार ।
हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले कतारका प्रधानमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुल अजिज अल थानी सँग टेलीफोन संवाद गरी कतारमा रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखेका छन् । कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गरेको बताइएको छ ।
कतार सरकारले कतारको विभिन्न जेलमा बन्दी जीवन बिताइरहेका १७ जना नेपालीहरुलाई आममाफी दिने घोषणा गरेको छ । बिश्व नै कोरोना संक्रमणको महामारी रहेको अवस्थालाई मध्यनजर गर्दै तथा कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखेर कैदीहरुलाई आममाफी दिने घोषणा सार्वजनिक गरिएको हो ।
नेपाली राजदूतावास कतारले जनाए अनुसार कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु रिहाई हुने भएका छन । रिहाई हुनेहरुमा १३ जना लागू औषध कोरोवार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका थिए ।
उता प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाइप्रति खुसी व्यक्त गर्दै कतार सरकारलाई धन्यवाद दिएका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीले विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुख सँग टेलिफोन संवाद गरी त्यहाँ रहेका नेपालीको अवस्थाको बारेमा जानकारी लिने गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend