साझा नेटवर्क
बुटवल। बैशाख ११, धुर्कोट(गुल्मी)-रुपन्देही सम्पर्क समाजले राहत बितरण गरेको छ । गुल्मी जिल्लाको धुर्कोट गाउपालिका घर भैइ बुटवलव तथा यसको आसपासमा बस्ने मजदुर, बिपन्नबर्गको खाद्यान्न समस्यालाइ अलिकति भएपनि सम्बोधन गर्नको निमित्त राहत बितरण गरिएको समाजका अध्यक्ष रामप्रसाद पौडेलले बताउनुभयो । कोरोना भाइरस(कोभिड १९) को बिश्व महामारीका कारण नेपाल सरकारले देशभर लकडाउन गरेको छ । झन्डै एकमहिना लगडाउन भैसकेको अवस्थामा गरिखाने मजदुर र बिपन्न बर्गहरु भोकै बस्न नपरोस भनेर समाजका पदाधिकारी, सदस्यहरुबाट स्वतस्फूर्त आर्थिक संकलन गरि सहयोग गरिएको हो ।

बुटवल तथा तिलोत्तममा रहने ३१ परिवारलाइ राहत स्वरुप प्रती परिवार १० केजी चामल, एक केजी सोयाविन, एक केजी नुन, एक लिटर तेल, साबुन लगायतका सामग्री दिइएको समाजका महासचिव अर्जुन ज्ञवालीले बताउनुभयो । बुटवल देविनगर बाणिज्य क्याम्पसको चौरमा सामाजिक दुरी कायम गरि राहत बितरण गरिएको थियो र आउन नसक्नेलाई घरघरमा गएर राहत बितरण गरिएको समाजका कोषाध्यक्ष सौरव भुसालले जानकारी दिनुभयो । राहत प्राप्तपछि मजदुर एवम् बिपन्नबर्गले खुसी व्यक्त गरेका थिए । राहत हस्तान्तरणको फोटो नखिची नाम, ठेगाना र मोबाइल न राखेर बितरण गरिएको थियो । कार्यक्रममा समाजका सचीव नन्दलाल पोख्रेल, कार्यसमिति सदस्य नारायण पोख्रेल, शकुन्तला महत, भरतजङ्ग क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend