logo
  • मंगलबार, असोज १३ २०८३

कार्यक्षेत्रका स्थानीय तहमा मैत्री सहकारीको सहयोग


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हुमाकान्त पोखरेल,गुल्मी वैशाख १० ।

मैत्री बुहुउदेश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो कार्यक्षेत्रका स्थानीय तहहरुलाई आर्थिक सहयोग गरेको छ । विश्वभरी फैलिएको कोरोना संक्रमण रोकथाम एवम् नियन्त्रणका लागि स्थानीय तहहरुको संचालन गरेको राहत कोषमा मैत्री सहकारीले आर्थिक सहयोग गरेको हो ।सम्बन्धित स्थानीय तहको कारोबार र सहयोगका आधारमा गुल्मीका १२ वटै तथा अर्घाखाँचीका दुई गरी कुल १४ स्थानीय तहमा मैत्री बहुउदेश्यीय सहकारी सस्थांले कुल दुई लाख ८५ हजार सहयोग गरेको संस्थाका प्रबन्ध निर्देशक अर्जुन आचार्यले जानकारी दिए । जसअन्तरगत मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका तथा मदाने गाउँपालिकालाई २५÷२५ हजारका दरले सहयोग गरेको छ ।

त्यस्तै कालिगण्की गाउँपालिका, चन्द्रकोट गाउँपालिका तथा अर्घाखाँचीको मालारानी र छत्रदेव गाउँपालिकालाई १०÷१० हजारका दरले सहयोग प्रदान गरेको छ । गुल्मीको मालिका गाउँपालिका, छत्रकोट गाउँपालिका, सत्यवती र गुल्मीदरबार गाउँपालिकामा १५÷१५ हजारका दरले सहयोग उपलब्ध गराएको आचार्यले जानकारी दिए ।

संस्थाले रेसुङ्गा नगरपालिकालाई ४५ हजार तथा धुर्कोट गाउँपालिकालाई ४० हजार उपलब्ध गराएको छ ।

राहत वितरणको तालिका-

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend