साझा नेटवर्क
अनिष पाठक, बागलुङ्ग वैशाख ८ ।
बागलुङ्गको बडिगाड गाउपालिकाका दशै वडाहरुमा सोमबारदेखी सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरिएको छ । यसैविच वडा नं. २ मा साबिकका ६ र ७ नम्बर वडामा ९० जनालाई करिब ९ लाख रुपैँया बराबरको भत्ता आज वितरण गरिएको वडा सचिव योग कुमारी कामिले जानकारी दिनुभएको छ ।

साथै वडा सचिव योग कुमारी कामिले मंगलबार विहान ७ बजे साबिकको वडा नं. ८ जिमीको भगवति प्राथमिक विद्यालय तथा साबिकको वडा नं. ९ मा रेमलिटोला प्राथमिक विद्यालयलमा ११ बजे भत्ता वितरण गर्ने तयारी रहेको जानकारी दिनिुभयो ।
यसै विच वडा कार्यलयले कोरोनाका कारण जारी लकडाउनबाट मर्कामा परेका ५१ जनालाई राहात वितरण गरेको वडा अध्यक्ष ढाल प्रसाद शेरचनले जानकारी दिनुभएको छ । अध्यक्ष शेरचनका अनुशार प्रति व्याक्ती ३१ सय १० रुपैँया बराबरको राहात सामार्गि वितरण गरिएको हो । राहात वितरण गरिएका ५१ जना मध्य वडा बाहिरका अर्थात घर भाडामा बस्ने १५ जना रहेका छन । त्यस्तै बडिगाड गाँउपालिका वडा नं. २ ले वडा समितिको बैठक दनियामा सम्पन्न गरेको छ ।
वडा नं. २ का वडा अध्यक्ष ढाल प्रसाद शेरचनको अध्यक्षताम बसेको बैठकले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो चौमासीक भत्ता टोेल टोलमा पुगेर वितरण गर्ने, जारी लकडाउनका कारण मर्काका परेका न्युन वर्गलाई राहात वितरण गर्ने, लकडाउनलाई प्रभावकारी बनाउन नाकाहरुमा स्वयंमसेवक परिचालन गर्ने, बैदेशिक रोजगारीबाट वडामा आएका नागरीकको नामावली संकलन गर्ने कार्यलाई निरन्तरता दिने लगाएतका निणर्य गरेको वडा सचिव योग कुमारी कामिले जानकारी दिनुभएको छ ।
बैठकमा सुचना प्रविधि अधिकृत निशान अधिकारी, वडा सदस्य हिमा कुमारी खराल, सुर्य बहादुर अधिकारी, गोम बहादुर राना, जमुना विकको पनि सहभागिता रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend