साझा नेटवर्क
सबिन बस्नेत, गुल्मी बैशाख ७ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले प्युठानको गौमुखी गाउपालिका ६ घर भइ रेसुङ्गा २ बाख्रेछेडामा बसी दैनिक ज्याला मजदुरीको काम गर्ने दिलिप बिकको परिबारलाई आर्थिक सहयोग गरेको छ । लक डाउनका कारण एक महिना देखी काम गर्न नपाएका उनि चार दिन अघि श्रीमति सुत्केरी भएपछि झनै अफ्ठ्यारोमा परेका थिए ।

वडाबाट यसअघि राहत लिएर जसोतसो दुइछाक खाएको उनको परिवार राहत सकिएपछि पोसिलो खाना त परै जाओस भोक-भोकै बस्नुपर्ने स्थितीमा थियो । रेनपा २ का वडा सदस्य शेर बहादुर विश्वकर्मा र समाजसेवी शालिक बस्नेतले उनको दयनिय अवस्थाको बारेमा जानकारी गराइ सहयोगको लागि अनुरोध गरेपछि मेयर डिल्लिराज भुषालले पाच हजार रकम नगरकोषबाट उपलब्ध गराएका हुन ।
जहाँको भएपनी नेपाली नागरिक भएकोले मानविय हिसाबले यो परिबारलाई सक्दो सहयोग गर्न पाएकोमा आफुलाई खुशी लागेको मेयर भुसालले बताए । दिलिप बिक श्रीमति सहित रेसुङ्गा नगरपालिका २ बाख्रेछेडामा विगत नौ महिनादेखी डेरा गरी बस्दै आएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend