logo
  • शुक्रबार, असोज ९ २०८३

कोरोना कहरका बेला आँखा चिम्लेको मेरो सरकार


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

-डि. पी. काफ्ले ।
विश्व पुरै अहिले कोरोना भाइरसका कारणबाट मुक्ति पाउन अलाप विलाप गर्दैछ । अहिले विश्वको झन्डै एक तिहाई जनसंख्या लकडाउनका कारण घरभित्र बस्न बाध्य भएका छन् । ति मध्यको एक व्यक्ति म आफै पनी हूँ कोरोनाले विश्व घरभित्र थुनिएको यो समयमा मेरो सरकार समक्ष चिठी बोक्ने न कुनै परेवा छन्, न कुनै पोस्टम्याननै छन्, भएका विमानहरू ग्राउण्डेड छन् सरकार आफै दुइ तिहाईको लकडाउनमा छ ।

यसबेला झन्डै ५०/६० लाख नेपाली श्रमिकको आवाज केवल मरूभूमिका बुख्याँचाहरूले मात्र सुन्न सक्ने र सून्ने साहास गरेका छन । मनको कूनै एक बुँईगलमा बसेको नेपालीपनको आत्माले कल्पना गर्दै थियो, नयाँ सुवासीलो शरदसँगै देशका शासकवर्गका मन ऋतु फेरिए जस्तै, फेरिएर देश धानेका श्रमिकहरूको लागि कूनै अवसर प्रदान गर्छ । तर अँह! अस्पपष्ट, दोधारे, कुपोषणग्रस्त विचारको शब्दहरु खापेर गरिने विम्बहरुको विलौना, अमूर्त शैलीको व्यवहारबाट सरकार पछी हट्न सकेन ।

यतीबेला प्रवासमा सुरक्षित जीवनका लागि सरकारले कर्तव्य निर्वाह गरेको देखिन्न । अन्य मुलुकले देशबाहिर फसेका नागरिकलाई कूटनीतिक नियोग परिचालन गरी हवाईजहाज चार्टर गरी स्वदेश फर्काइरहेका छन् । तर नेपाल सरकारले डब्लुएचओको गाइडलाइनलाई दुहाई दिँदै जो नागरिक जहाँ छन्, त्यहीँ सुरक्षित भई बस्नू भन्दै सूचना जारी गरी जिम्मेवारीबाट पन्छिएको अवस्थाले गर्दा प्रवासी नेपालीहरूमा नैराश्यता उत्पन्न भएको छ ।

नेपालले आफ्ना दूतावासलाई त्यहा रहेका आफ्ना नागरिकलाई सुरक्षित पार्न ठोस निर्देशन गरेको देखीन्न । कतिपय नेपाली दूतावासलाई सम्बन्धित देशमा रहेका नेपालीको संक्रमित संख्या बारे समेत थाहा छैन । प्रवासी नेपालीलाई एकातर्फ महामारीको त्रास छ भने अर्कातर्फ खानपिन र औषधिमुलो र खर्चको पिरलो छ । अन्य देशका नागरिकलाई सरकारले सोधपुछ गरिरहेको अवस्थामा नेपाली नागरिक भने विदेशमा अभिभावक विहीनताको अवस्थामा बस्नुपरेको दुःखदायी अवस्थाको सामाना कैयौ नेपालीहरूले गरिरहेका होलान् ।

यस्तो विषम् स्थितिमा सरकारको तर्फबाट भएका सुन्य पहलकदमीले आजभोली मलाई अन्य देशका नागरिक समुदाय समक्ष खल्तिमा हरीयो पासपोर्ट राखेर आफ्नो परिचय दिन पिडाबोध भएको महसूस हुन्छ । वैदेशिक रोजगारमा संक्रमणको जोखिममा रहेका नागरिकहरुलाइ फिर्ता ल्याउन सर्वोच्च अदालतले आदेश जारी गर्नूपर्ने अवस्था हुन्छ भने मेरो देशमा दुइ तिहाईको सरकार छ, भनेर गर्व गर्ने ठाऊ कतै रहेन । गर्व ति व्यक्तिहरूले गर्लान् जो नेता र केही पाउने आशामा हनुमान चालीसा पाठ गर्दै बसेका छन् ।

हामी घरको खर्च टार्न र आधारभूत आवश्यकता परिपूर्ण गर्न परदेशिएका नेपालीहरूलाई समस्या पर्दा ढोका बन्द गरौँ भन्ने सरकार सुन । यदि हामी श्रमिकहरूले रेमिटान्स पठाएनौँ भने तिम्रा हजारौंँ नेता कार्यकर्ता कसरी पाल्छौ ? देशको अर्थतन्त्र कसरी धान्छौ ? भष्टाचार गर्न पैसा कहाँ देखी पाउछौँ ?

भन्छन् “चोरको सय दाउ” पुर्खाले आर्जेको मातृभूमिको माटो बेचौला, दैनिक ज्यालादारी गर्ने मजदूर माथी कर लादौला, दैनिक उपभोग्य सामाग्रीको मुल्यवृद्धि गरौला, तर होसियार अब देशमा तिम्रा कार्यकर्ता र भारदार मात्र हुँदैन्न, देश बुझेका,परिश्रमी कर्तव्यनिष्ठ नेपालीहरू पाखाबरी खनेर जोतेर, कृषिमा काम गरेर पाखुरीमा आत्मनिर्भर हुने अभिलाषा बोकी लाखौँ यूवा‍हरू सरकार तिमिले नआइज भनेपनि आउदैछन् l यिनै नेपालीहरूले देश सिगाँर्छन् र देशको समृद्धिको हुँकार गर्छन l अनी वर्तमान अवस्थाको व्यवस्था ढाल्ने अठोट नगर्लान् भन्न पनि सकिन्न l

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend