logo
  • मंगलबार, असोज १३ २०८३

वास्तवमा मजदुरको सरकार,अलपत्र मजदुर उद्धार गर्दै स्थानीय तह


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

टोपलाल अर्याल,गुल्मी बैशाख ६ ।

मालिका गाउँपलिकाले अलपत्र परेका सल्यानका मजदुरहरुको उद्धार गरेर पठाएको छ । बाग्लुङ्ग हटिया स्थित दरमखोलामा निर्माणाधिन राजा पुलमा काम गरिरहेका सल्यानका १० जना मजदुरलाई उद्धार गरेर सल्यान पठाइएको मालिका गाउँपालिका प्रमुख रित बहादुर थापाले बताए ।ओखलढुङ्गा कन्स्ट्रक्सनका मजदुरहरु लकडाउनका कारण गाडी र काम बन्द भएपछि पैदल अर्खबाङ्ग आएका थिए । उमेर ढल्केका र बालकसहितका महिलाहरु भएकाले उनीहरुलाई रोकेर खाना खुवाई गाडीको व्यावस्था गरेर सल्यान सदरमुकामसम्म पठाएको साझा नेटवर्क लाई थापाले बाताए । सल्यान कपुरकोट ५ का ४१ बर्षीय डम्बर बहादुर खड्का, ४५ बर्षका तिलक महतरा, ७० बर्षका रत्नलाल घर्ति, ५६ बर्षका राम बहादुर रेउले, २३ बर्षकी मोतिकला शाही, ४ बर्षका सञ्जय शाही, त्रिवेणी ५ का २७ बर्षका संगिता थापा मगर, २६ बर्षका रुपलाल थापा मगर, ५९ बर्षका शसिराम बोहोरा र ५५ बर्षका तोप बहादुर केसीको उद्धार गरिएको मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले जानकारी दिए ।

तीन दिनसम्म पैदल र असिना पानीको कुटाई सहेर अर्खबाङ्गसम्म आइपुगेको २३ बर्षीया मोतिकला शाहीले बताइन् । उनले ४ बर्षको छोरासहित बिहिबार र शुक्रबार खुल्ला आकाशमा रात काटेको बताउँदै र बोत्तलको पानीले ज्यान पाल्नु परेको बाध्यता सुनाइन् । ‘बाग्लुङ्गबाट गुल्मीको मालिका आएपछि मात्रै सरकार भेटियो,’उनले भनिन,‘स्थानीय सरकारनै मजदुरको सरकार रहेछ ।’ उद्धार गरिएका सवैलाई बाटो खर्चको समेत व्यावस्था गाउँपालिकाले गरेको छ । त्यस्तै प्यूठानका १६ जना मजदुरलाई गुल्मीको धुर्कोट गाउँपालिकाले उद्धार गरेर घर पठाएको छ । पर्वतको रानीपानीमा खानेपानी आयोजनामा काम गर्ने १६ जना मजदुर हिँड्दै धुर्कोट पुगेका थिए । तीन दिन हिँडेर धुर्कोट आएका उनीहरुलाई शुक्रबार साँझ गास र बासको व्यावस्था गरेर शनिबार बिहानै जीप मार्फत घर पठाएको गाउँपालिकाका प्रमुख भुपाल पोख्रेलले दिए ।उद्धार गरिएका मजदुर मध्ये तीन जना प्युठान नगरपालिका वडा नं ५ का र १३ जना वडा नम्बर ६ का रहेका छन् । त्यस्तै मुसिकोट नगरपालिका ७ की वामीकी ३० बर्षकी उर्मिला पौडेल थापाको नगरपालिकाले उद्धार गरेको छ । पाल्पाको आर्यभञ्याङ्गमा १४ बर्षको छोरासहित बिरामी भएर अलपत्र अवस्थामा रहेकी महिलाको उद्धार गरेर मिसन अस्पतालमा उपचार भइरहेको मेयर सोमनाथ सापकोटाले बताए । त्यस्तै रेसुङ्गा नगरपालिकाले शुक्रबार शान्तिपुरबाट बाँकेका लागि हिडेका १५ जना मजदुरलाई उद्धार गरर पठाएको स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।नगरपालिकाले वडा नं १४ पराल्मीमा बेवारिसे अवस्थामा फेला परेका ५० बर्षीय भगवतसिंह नाम बताउने व्यक्तिको पनि उद्धार गरेको छ । उनलाई लामो समय क्वारेन्टाइनमा राखेर सम्पूर्ण स्वास्थ्य परिक्षणपछि रुपन्देहिको मानव सेवा आश्रममा शनिबार पठाएको अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend